पीएसजीको सहज जितमा तीन स्टार खेलाडीको गोल

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले लगातार दोस्रो जित निकालेको छ। बुधबार राति भएको खेलमा इजरायली क्लब मकाबी हैफालाई ३–१ ले पराजित गर्दै पीएसजीले समूह ‘एच’ मा लगतार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा रह्यो।

पिएसजीको जितमा स्टार खेलाडी मेसी, नेमार र एमबाप्पेले गोल गरे। खेलमा अग्रता भने हैफाले तारोन चेरीको गोलमार्फत २४ औ मिनेटमा लिए। तर पीएसजीको पनुरागमनमा स्टार खेलाडीले लगातार गोल गरे। खेलमा मेसीले ३७ औ मिनेटमा पहिलो गोल गर्दा। मेसीकै पासमा ६९ औ मिनेटमा एमबाप्पेले टिमलाई अग्रता दिलाए। ८८ औ मिनेटमा नेमारले टिमका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरे।

एक गोल गरेका मेसीले च्याम्पियन्स लिगमा सर्वाधिक धेरै क्लबविरुद्ध गोल गर्ने कीर्तिमान बनाए। उनले च्याम्पियन्स लिगमा फरक १९ देशका ३९ क्लबविरुद्ध गोल गर्दै सर्वाधिक विपक्षी विरुद्ध गोलको कीर्तिमान बनाएका हुन्।  त्यस्तै मेसी च्याम्पियन्स लिगमा लगातार १८ औं सिजनमा गोल गर्ने एक्लो खेलाडीको कीर्तिमान बनाउन सफल रहे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार