पहिरोमा घर पुरिँदा काभ्रेमा एकै परिवारका तीनजनाको मृत्यु

spot_img

काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिका- ४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो ।

निरबहादुर र छोरी सावित्रीको घटनास्थमै मृत्यु भएको हो। आमा लालजुङको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।

राति सुतिरेहका बेला पहिरो खसेपछि घर पुरिएको थियो। स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार