मरेकालाई पिण्ड गुडाएर हुन्छ ? जीउँदै छँदा पो खुवाउने !

  • रोशण शाहा

हाम्रा मन मस्तिष्कमा माथिका जस्ता भावना तबमात्रै उत्पन्न हुनसक्छन्जब हामी भौतिकमानसिकसंस्कारीक  धार्मिक चारैतिरबाट दरिद्रताको दलदलमा भास्सिएका हुन्छौँतबमात्रै हाम्रा मनमा यस्ता दीनहीन दुर्भावनाहरू सल्वलाउनछन् होला… ! 

तर यदि हाम्रो संस्कार संमृद्ध स्वच्छ हृदय  भनेहामी अग्रज मातापिता पितृहरूलाई जीवित छँदा पनि मायाँ सेवा श्रुसार एवम् श्रद्धा गर्दछौँ  मृत्यू पर्यन्त पनि गरिरहन्छौँ  सँधै बराबरी प्रेम श्रद्धा रहिरन्छ 

अँझ हामीलाई मृत पितृहरू प्रति झनै अनुग्रहित भएरभौतिक साथ गुमाएको अनुभवकेही गर्ने धोको बाँकी नै रहेको हुट्हुटीले उहाँहरूको सँधै ऋणी रहेको अनुभूति गर्दछौँ 

जसरी आरन्यसंस्कार दिएर संस्कारीत गर्ने ऋषि  श्रृष्टी गर्ने भगवान प्रति हामी आफुलाई सँधै अनुग्रही वा ऋणी ठान्दछौँ   सनातन सभ्यताकोहिन्दू संस्कारमा पितृ ऋणऋषि ऋण  देव ऋण तिरेर पनि तिर्न नसकीने मान्दछौँ 

यही त्रिऋणको बन्धन प्रतिक आफूलाई ऋणमाबाँधियकाछौँ भनि सम्झनगृहस्तका गृहस्थी कर्ममा व्यस्तहुँदा सो ऋणको बोध सँधै भैराखोस भनि जनाउँ दिन तिन ऋण का प्रतिकतिन तिन धागो ले बनेको जनै लगाउँछौँ 

जनै ग्रहणगर्ने संस्कारलाई उपनयन (उप + नयनसंस्कार भन्दछौँ  नयन भनेको आँखाएवम् दृष्टि हो

आँखाले देख्ने भौतिक वहिय जगतको दृष्य हो 

उपनयन भनेको आँखाले देखिने भौतिक वहिय जगतको दृष्य भन्दापृथकआन्तरिक अध्यात्मिक ज्ञानको दृष्य बोध हो 

यस्तो बोधदृष्टि जस्मा जन्म दिने पितृवैदिक आरण्य संस्कार दिने ऋषि ब्रह्माण्ड को श्रृष्टि गर्ने भगवान प्रति अनुग्रहित उत्तरदायी ऋणि भएको बोध भएर पितृऋषि  भगवान् लाई सम्मानश्रद्धाप्रार्थना पूजा गर्ने वैदिक सनातनी हिन्दू संस्कार नै  !

सनातन हिन्दू धर्मको यो संस्कार आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सोह्र श्राद्ध भनिन्छ यो पितृहरूको सामूहिक स्मरणश्रद्धाप्रार्थनापूजा गरी धार्मिक विधिवत् तरीकाले अआफ्ना पितृको मृत्यूतिथिमा परिवारका अग्रजहरू श्राद्ध गरी पनाईने पर्व हो  

जहाँको समाजमा आधारभूत आवश्यकताका गाँस बास  कपासको जोहोकालागि संघर्ष गर्नुपर्ने अवस्थामा समाज हुन्छतेस्तोसमाजको सभ्यता  संस्कारमा यस्तो पितृ श्राद्धको परिकल्पना सम्म हुननसक्ने हामी सजिलै बुझ्न सक्दछौँ 

अतयो श्राद्धकोसंस्कार सनातन हिन्दू सभ्यतामा अभिन्न संस्कारहरू मध्य एक संस्कार बनेर रहेको तथ्यबाट पनि यो कुरा आँकलन गर्न सक्दछौँ किसनातनी हिन्दूहरूका पूर्वजहरू भौतिक एवम् बौद्धिक रूपमा अत्यन्तै सम्पन्न रहेकाले नै आध्यात्मिक ज्ञनको संमृद्धीप्राप्तगरी यस्तोसंवृद्ध संस्कारको शिखरमा पुग्न सकेकाहुन्  सोही संमृद्ध संस्कारहरूले हामीलाई पनि संस्कारीत पारीदिएका छन् यसमा हामीसबैले आफ्ना पूर्वजहरू  संमृद्ध सनातन सभ्यता प्रति गर्वको अनुभूति श्रद्धा भाव राख्नु पर्दछ !

नकि सनातन सभ्यताकै सन्तति भएर आफ्ना पूर्वज एवम् मातापिताको ‘श्राध्द‘ गर्ने कर्मलाई हामी बोझ ठानि पितृले पाउने हैन भन्दैयो अन्धविश्वासी कर्म होभनेर पन्छिन खोज्दछौँ भने यो हामीहरूको भौतिक  बौद्धिकरूपमै छाएको दिवालियापनले गर्दास्वसंस्कारकोमहत्व बुझ्न नसकेको हो  आफ्ना मातापिता प्रति किञ्चित् अनुग्रहीताश्रद्धाभावउत्तरदायित्व बोध नभएको हो 

यस्तो भन्नसक्ने भनेको आफ्ना पतृहरू भन्दा हामीहरूलाई भौतिकतवाद वा अर्थमै बढी महत्व राखेको बुझिन्छनत्र सन्ततिकाखुशीकालागि आफ्नो सबैकुरा एवम् जीवन नै खपाईदिने हाम्रा मातापिता पितृ सँग समिप्यता  बात्सल्य प्रेमको महत्वबोध गरेकाभएसायदहामीहरू ‘मरीसकेका पितृलाई अहिले पिण्ड गुडाएर कहाँ पाउँछन् ?’ भन्ने निकृष्ट दीनहीन मानसिकतामा  यस्तो द्रुभावना नैहामीमा आउँदैनथ्यो कि…! 

सबैलाइ ज्ञात रहोस् ! 

पितृ नभए हामी हुने थियनौ भन्ने ज्ञानले पूर्वजहरूमा श्रद्धा जाग्द  

श्रद्धा भावको बोध ले नै हामी ससंस्कार हिन्दू विधिवत् श्राद्धगर्दछौ  यो ‘श्राद्ध‘ गर्ने संमृद्ध सनातनी संस्कार हो ! 

सनातनी हिन्दू संस्कारमा मातापिता वा पितृहरूलाई खुसी नराखी भगवान नै खुसी नहुने मान्यता राख्दछौँ 

सोह्र श्राद्ध‘ सुरू भएको   हामीहरूमा मातापिता पूर्वज पितृहरू प्रति सँधै मायाँ सम्मान श्रद्धाभाव रहिरहोस्अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार