१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २१ वर्षे युवा पक्राउ

spot_img

काठमाडौँ । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिकामा पर्ने बानियाँटारका २१ वर्षीय राजेश मगर रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले बानियाँटारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार