कसले गायब बनायो काठमाडौँका खुला ठाउँ ? (फोटो फिचर)

काठमाडौँ । काठमाडौँमा टहलिनको लागि खुला ठाउँको अभाव छ । उपत्यकाभित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन् । काठमाडौँ बस्तीहरूले भरिएको सहर हो । मानिसको भीड र अव्यवस्थित बसोबास । जसका कारण खालि ठाउँ प्रायः शुन्य छ ।

खुला ठाउँको अभाव काठमाडौँ उपत्यकाभर नै छ । यसको मुद्दा बेलाबेलामा नउठेको पनि होइन । तर समस्या पनि ज्यूँकात्यूँ छ । समस्या समाधानको बुटी फेला पर्न सकेको छैन । खालि ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ । तर गएको कुराको वास्ता गरेको सम्बन्धित पक्षबाट पाइँदैछ ।

काठमाडौँ उपत्यकामा खुला ठाउँ नभएका होइनन् तर बिस्तारै हराउँदै र मेटिँदै गएका छन् । खुला ठाउँ कसले गायब बनायो यो सोधको विषय बन्नसक्छ । टुँडिखेल, रत्नपार्क, तीनकुनेको घाँसे मैदान, सिफल चौर, पुल्चोकको मद स्मारक, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीस्थित बोटानिकल गार्डेन, भृकुटीमण्डपस्थित टहरा, चापागाँउको बज्रवाराही क्षेत्र खुला ठाउँ थिए कुनै बेलामा । तर आज यी कुनैपनि ठाउँ खुला छैनन् ।

अतिक्रमण, व्यवसायिक प्रयोजकनले सबै खुला ठाउँ मासिएका छन् । बालबालिकालाई रमाउन, वृद्धवृद्धाका लागि टहलिन र युवापिँढीका लागि थकान मेटाउने यस्ता ठाउँको अभाव दिनप्रतिदिन मेटिँदै छ । खालि भएका स्थानको पनि पुनःनिर्माण हुन नसक्दा अस्तव्यस्त बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार