रसुवागढी नाका बिहीबारदेखि खुल्ने, तातोपानीबारे अझै अन्यौल

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)का कारण बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने भएको छ। यद्यपि तातोपानी नाका खुल्नेबारे भने अझै अन्योल छ ।

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालतर्फका नाका खोल्नेबारे राष्ट्रपतिलाई जानकारी गराएलगत्तै रसुवागढी नाका सञ्चालनको जानकारी चिनियाँ पक्षले गराएको रसुवा जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रशासन स्रोतका अनुसार रसुवा नाकाबाट बिहीबारदेखि दैनिक १४ कन्टेनर नेपाल प्रवेश गर्न दिइनेछ । तातोपानी नाका खुल्नेबारे भने अझै अन्योल कायमै रहेको सिन्धुपाल्चोक प्रशासनले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार