पाकिस्तानमा चौबीस घन्टायता वर्षा र बाढीबाट ५४ को मृत्यु

पाकिस्तान । पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यता मात्र ५४ जनाको ज्यान गएको छ। साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् ।

बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८१ को बाढीबाट ज्यान गएको छ। त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका जनाएको छ ।

एनडिएमएले मंगलबार प्रकाशन गरेको एक तथ्यांकमा सो कुराको जानकारी दिइएको हो। मंगलबार रातिसम्म बाढीमा परेर ५४ जनाको ज्यान गएको र अरु छ जना घाइते भएका सो संस्थाले जनाएको छ। बाढीबाट सबैभन्दा बढी पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध प्रभावित भएको छ ।

सिन्धमा मंगलबार मात्र ४४ जनाको ज्यान गएको हो। तीमध्ये अधिकांश बालबालिका र महिला परेका बताइएको छ। यहाँका तीन करोड ३० लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन्। हजारौँ घर बाढीले बगाएको र लाखौ नागरिक घरबारविहीन भएर आश्रय लिइरहेका छन् ।

उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा, पञ्जाव प्रान्तमा पनि बाढीले असर गरेको छ। सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिलगिट र बाल्टिस्तान क्षेत्रहरू बाढीको चपेटमा परेका छन्। बाढीबाट देशको भौतिक संरचनामा पनि अकल्पनीय क्षति पुगेको यहाँका अधिकारीहरूले जनाएका छन्। बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार