दशैँ विदामा घुम्न जाँदा छुटाउनै नहुने पर्यटकीय स्थल !

दशैं नजिँदै गर्दा घुम्ने योजना बनाउनेहरुको संख्या ठूलो हुन्छ । दशैं र तिहार जस्ता विदाको सदुपयोग गर्नका लागि भ्रमणको प्याकेज बनाउनेहरुको संख्या पनि बढ्दो छ । त्यसैले यो दशैं र तिहारको विदाको अवसरमा हामीले केही यस्ता गन्तव्यबारे जानकारी दिँदैछौं ।

आउनुहोस् यिनै गन्तव्यबारे चर्चा गरौं :

हलेसी महादेव
हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो स्थान सगरमाथा अञ्चलको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल देखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिम छापडाँडाबाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ । हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ ।

‘हलेसी गुफा’को प्राकृतिक भू–बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् ।  मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्त्वपूर्ण गुफा छन् ।

इलाम 
पूर्वी पहाडी जिल्ला इलाम चियाबारीका कारण चर्चित छ । पाखाभरिको चियाबारी, खोल्साका अलैंची र दोबाटोभरि दूध बोकेका घोडा हेरेर इलाम आउने पर्यटक लोभिन्छन् । इलामको आकाश क्षणभरमै कुहिरोले ढाकिन्छ, केहिबेरमै खुला हुन्छ । चिसो सिरेटो र परिवर्तन भइरहने मौसमले आगन्तुकसँग लुकामारी खेलेझैँ आभास गराइदिन्छ ।

इलाममा पनि कन्याम चिया बगानका कारण चर्चित छ, श्रीअन्तु र सन्दकपुरमा पर्यटकहरु झुल्के घाम हेर्न आउँछन् ।इलाम पूर्वमा दार्जिलिङ, पश्चिममा मोरङ र पाँचथर र उत्तरमा पाँचथर र दक्षिणमा झापासँग जोडिएको छ ।

लुम्बिनी 
कपिलवस्तु जिल्लाको तिलौराकोट भन्ने ठाउँमा लुम्बिनी पर्दछ । यो एक ऐतिहासिक धार्मिक पर्यटकिय स्थल हो । फराकिलो भुभागमा फैलिएको लुम्बिनी अवलोकन गर्न हरेक बर्ष लाखौं मनिसहरु आउँछन। फराकिलो भुभागमा बिभिन्न खाले मन्दिरहरु छन् । बिभिन्न डिजाइन अनी फरक शैलिमा निर्माण गरेका त्यी घुम्बा, मन्दिरहरु राम्रा छन। सबैभन्दा राम्रो अनी मुख्य आकर्षणको बिन्दु भनेको मायादेवी मन्दिर हो ।

त्यहाँ उत्खनन गरेर राखिएका बस्तुहरु पनि छन। त्यो वरपरको बातावरण आनन्दित छ । गुम्बाहरु, मन्दिरहरु चारैतिर बुद्धका मुर्तिहरु छन। बिभिन्न घटनाक्रम सम्झाउने बुद्धको जीवनिसँग संबन्धित तस्बिर र मुर्तिहरु पनि छन् । फुलहरु रोपेको, हरियो दुबोहरु राम्रो छ । लुम्बिनी सम्भावना बोकेको ठाउँँ हो। पर्यटकिय र धार्मिक दुबै हिसाबमा लुम्बिनी राम्रो छ। यसको बिकास र प्रवर्द्धन अती आवश्यक छ। यो एकपटक घुम्नै जानुपर्ने ठाउँँ हो ।

पोखरा
पोखरा एकपटक पुगेर मन नअघाउने गन्तव्य हो । मर्दी हिमाल, अन्नपूर्ण बेसक्याम्प, जोमसोम र मुक्तिनाथलगायतका गन्तव्यमा ट्रेकिङका लागि ट्रान्जिट प्वाइन्टका रुपमा विकास भए पनि अहिले पोखरामा पर्यटकका लागि टिकाइराख्ने अनेकन सुविधाहरु थपिएका छन् । पोखरामा फेवा, रुपा र बेगनास तालका लागि मात्रै होइन प्राकृतिक सौन्दर्य र एड्भेञ्चर पर्यटनका लागि पनि उपयुक्त गन्तव्य बन्न सक्छ ।

फेवातालको माथिपट्टी शान्ती स्तुपादेखि पुम्दीकोटमा बिराजमान महादेवको मूर्ती पनि पछिल्लो समय आकर्षणको गन्तव्य बनेको छ । साथै साराङकोटमा प्याराग्लाइडिङदेखि सुपरम्यान जीपलाइन र बञ्जीको मजा पनि लिन सकिन्छ । पोखराबाट नजिकैको रुपाकोट रिसोटबाट देखिने प्रकृतिको सुन्दरता तथा पोखरामा सुविधासम्पन्न रिसोर्ट तथा होटल मात्रै पनि गन्तव्य बन्न सक्छन् ।

अन्नपूर्ण बेस क्याम्प
मर्दी हिमालको तुलनामा एक वा २ दिन बढी लाग्न सक्छ । तर यो गन्तव्य निकै रमाइलोमध्येको एक हो । सामान्यतयाः प्याकेजमा ११ दिनसम्मको हुने टुरमा तपाईं आफ्नै समूह बनाएर हिँड्नु भयो भने सहज हुन सक्छ । ट्रेकिङ र हिमाल मनपराउनेका लागि जीवनमा एकपटक पुग्दा फाइदा हुने ठाउँका रुपमा यसलाई लिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार