पहिरोका कारण ठाउँ ठाउँका सडक अवरुद्ध

काठमाडौँ । लमजुङ, म्याग्दी र दार्चुलामा पहिरोका कारण सडक अवरुद्ध भएका छन् । 

लमजुङको बेँसीशहर नगरपालिका-१ उदिपुरस्थित डुम्रे-बेसिशहर सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैशरीस्थित बेनी जोमसोम सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । 

दार्चुलाको शैल्यशिखर नगरपालिका-९ नक्तडस्थित गोकुलेश्वर-दार्चुला सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक  पूर्ण रुपमा अवरुद्ध भएको छ । 

पहिरो गएका स्थानमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार