लिभरपुलको जितमा सलाहको गोल

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले एजाक्समाथि २–१ गोल अन्तरको जित हात पारेको छ।

लिगको पहिलो खेलमा हार व्यहोरेको लिभरपुलले दोस्रो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ।

मंगलबारको खेलमा १७ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। तर, खेलको २७ औं मिनेटमा एजाक्सका मोहम्मद कुडुसले बराबरी गोल फर्काए।

खेलको ८९ औं मिनेटमा जोएल माटिपले लिभरपुलका लागि निर्णायक गोल गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार