काठमाडौँ । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजआ समस्या आएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ ।
गएराति ११ बजे १८४ जना यात्रुसहित उडेको जहाजको कार्गो समान राख्ने ठाउँबाट धुवा आएपछि काठमाडौं फर्किएको हो । आरए ४३३ उडान नम्बरको जहाजमा समस्या आएको हो ।
प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको छ ।