हिमालय शेफर्डले जित्यो २ हजार यूरोको ग्लोबल फिल्म एण्ड इनिसिएसिभ अवार्ड

काठमाडौं । हिमालय शेफर्डले ढाका डकल्याबको ग्लोबल फिल्म एण्ड इनिसिएसिभ अवार्ड जितेको छ।

गत अगस्ट अन्त्यमा बंगलादेशमा भएको ढाका डकल्याबमा ५६ वटा वृत्तचित्रको आवेदन परेको थियो। उक्त ल्याबमा सर्ट लिस्टमा परेको हिमालय शेफर्डले २ हजार युरोको उक्त अवार्ड जितेको हो।

हिमालय शेफर्ड हिमाली क्षेत्रमा जलवायु परिवर्तनले आदिवासीमा पारेको समस्यालाई समेटेर बन्न लागेको डकुमेन्ट्री हो। ल्याबमा १३ वटा डकुमेन्ट्री सर्टलिस्टमा परेका थिए।

नेपाल, भारत, बंगलादेश, श्रीलंका, अष्ट्रेलिया, वेल्स, फिलिपिन्स र चीन प्रतिस्पर्धामा थिए। जसमध्ये २ हजार युरोको इमर्जिङ ट्यालेन्ट अवार्ड बंगलादेशको ‘घोस्ट पोड’ ले जित्न सफल भयो।

सन् २०२३ को शुरुवातमा छायांकनमा जाने हिमालय शेफर्ड हाल अन्तरराष्ट्रिय डकुमेन्ट्री ल्याबहरूमा प्रतिस्पर्धा गरिरहेको छ। यसको निर्देशक आभाष रिजाल हुन् भने निर्माता सुशीलदेव पाण्डे हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार