माधव विष्टको ‘खोड्पे पाटन’ देउडा गीत बजारमा

बैतडी । चर्चित देउडा कलाकार माधव विष्ट ‘कैलाश’को ‘खोड्पे पाटन’ बोलको नयाँ देउडा गीत बजारमा आएको छ। यसअघि चर्चा कमाउन सफल सुदूरपश्चिम स्वर्गसरी, चौलानीका छालैछाल, जन्मभूमि, फर्केर आइग्या दोगडाकेदार हुँदै भेटपन भैगयो जस्ता गीतहरुमा लय शब्द संकलन तथा अभिनय गरिसकेका विष्टले  यसपटक  फरक प्याटर्नको गीत ‘खोड्पे पाटन’  बजारमा ल्याएका हुन्।

बालक अवस्थामा छँदा हाँस्ने, खेल्ने असनसँगै रमाउने साथीसँगै स्कुल जाँदा आउँदा र गाइबाख्रा चराउँदाका दिनहरु एवं एकआपसमा लाएको  माया पिरती कलेज पढ्दै गर्दा एउटा सहर पस्छ र आफ्नै तालमा रमाउँछ हराउँछ तर अर्काे पहाडतिरै व्यस्त हुन्छ र जीवनका दिनहरु उर्लिंदै जान्छन्।

सायद दुवैको मन मुटुमा उत्तिकै माया प्रेम त हुन्छ तर एकआपसमा मा सम्पर्कविहीन भएर बुढेसकालसम्म पनि फेरि भेट हुने आशामा बसिरहेको मान्छे गाइबाख्रा चराउँदा या अचानक हराएको माया नाम को एक उपन्यास को पुस्तक पढ्दा आफ्नी ती मायालुको यादले अचानक भावविह्वल हुन्छन् र आफ्ना बाल्यकालदेखि स्कुल क्याम्पस पढ्दादेखि आजसम्मको सबै दृश्य स्मरण गर्दै गीत र अभिनयमार्फत प्रस्तुत गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार