‘परदेशी २’ फिल्मको गीत ‘के वर मागी‘’ रिलिज (भिडियोसहित)

काठमाडौँ । पाल्पा जिल्लाको विभिन्न स्थानमा पनि छायाँकन गरिएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’मा ‘के वर मागी फक्र्यौ’बोलको गीत समावेश गरिएको छ ।

सोमबार काठमाडौंका एक कार्यक्रमकाबीच उक्त गीत सार्वजनिक गरिएको छ। रमेश पौडेलको रचना रहेको ‘के वर मागी फक्र्यौ’ गीत दुई दशकअघि नारायण रायमाझीको संगीत र रामभक्त जोजिजुको स्वरमा सार्वजनिक भएर निकै हिट भएको थियो । उक्त कालजयी गीतलाई अहिले रिमेक गरिएको हो ।

श्यामश्वेत रसाईलीको एरेन्ज तथा मिक्सिङ रहेको रिमेक गीतमा युवा पुस्ताका गायक निशान भट्टराईकाे स्वर रहेकाे छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी रोमान्टिक अवतारमा प्रस्तुत छन् । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेकाे हाे ।

‘परदेशी २’ दशैंको अवसर पारेर असोज १४ गतेदेखि नेपालसँगै विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

हेर्नुहोस भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार