साफ अण्डर-१७ च्याम्पियनसिप : नेपाल फाइनलमा प्रवेश

काठमाडौँ । नेपाल श्रीलंकामा जारी साफ अण्डर–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कोलम्बोमा गएराति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।

नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्सम लिम्बु, हरिसराज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे । नेपालले उपाधिका लागि भारतसँग भोलि प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार