सिट बाँडफाँडका लागि बसेको गठबन्धन बैठक निष्कर्षविहीन

spot_img

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन सिट बाँडफाँडका लागि बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्ष बिना टुंगिएको छ ।

यसअघि पटक-पटक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सो गठबन्धनको बैठक आज पनि विननिष्कर्ष टुंगिएको हो ।

बैठक भोलि फेरि बस्ने भएको छ ।

बैठकमा कार्यदलले बुझाइको प्रतिवेदनमाथि छलफल भएको र सिट बाँडफाँटमा नमिलेका विषयमाथि सहमति खोज्ने प्रयास भइरहेको  नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए ।

कार्यदलले केही कुरा मिलाएको र धेरै विषय मिलाउन बाँकी रहेको उनको भनाइ छ । खनालले सोमबार बैठक बसेर अधिकांश विषय टुङ्गो लगााउने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार