गरगहना र नगद रकम चोरी आरोपमा सल्यानमा एकजना पक्राउ

सल्यान । सल्यान प्रहरीले गरगहना र नगद रकम चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। दाङ तुलसीपुर उपमहानगरपालिका–३ रक्षाचौरका २१ वर्षीय दीपेश डाँगीलाई चोरीको आरोपमा प्रहरीले सल्यान श्रीनगरबाट सोमबार साँझ पक्राउ गरेको हो।

सल्यान शारदा नगरपालिका–३ खलंगा थापागाउँस्थित धनमाया श्रेष्ठको गरगहना र नगद चोरी भएको सूचना पाउनासाथ खोजबिन गर्ने क्रममा सल्यान श्रीनगरस्थित रुकुमचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

डाँगीका साथबाट सुनजस्तो देखिने पहेलो रंगको लम्बाइ ६ सेमी र २ सेमी गोलाइ भएको एक थान तिलहरी र २ हजार ६७० रुपैयाँ बरामद गरिएको उनको भनाइ छ।

आज (मंगलबार) धनमायाले डाँगीविरुद्ध किटानी जाहेरी दिएपछि जिल्ला अदालत सल्यानबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार