सेभेन स्टार टेलिभिजनको सम्पादकमा शर्मा

spot_img

काठमाडौं । एक्सट्रिम टेलिभिजन प्रालिद्वारा सञ्चालित सेभेन स्टार 4k टेलिभिजनको सम्पादकमा पत्रकार लक्ष्मण शर्मा नियुक्त भएका छन् ।

एक्सट्रिम टेलिभिजन व्यवस्थापनले शर्मालाई असार २० गतेदेखि सम्पादकमा नियुक्ति गरेको हो । एक्सट्रिम टेलिभिजन प्रधान कार्यालय मिनभवनमा आयोजित स्वागत कार्यक्रममा शर्मालाई एक्सट्रिम टेलिभिजनका अध्यक्ष सुरेश काफ्लेले स्वागत गरे ।

सम्पादक शमालाई स्वागत गर्दै एक्सट्रिम टेलिभिजनका अध्यक्ष काफ्लेले शर्माको नेतृत्वमा सेभेन स्टार टेलिभिजन थप उचाइमा जाने विश्वास व्यक्त गरे । शर्माको नेतृत्वमा टेलिभिजनले विश्वसनीय र व्यावसायिक पत्रकारिताको थप अभ्यास गर्दै जाने विश्वास व्यक्त गरेका छन् ।

यसअघि ईमेज टेलिभिजनको सम्पादकीय टिममा रहेका नवनियुक्त सम्पादक शर्माले जनता टेलिभिजन, न्यूज 24 र योहो टेलिभिजनमा डेस्क सम्पादकको रुपमा काम गरेका थिए । शर्मासँग उज्यालो रेडियो तथा अनलाइन, रेडियो देशान्तर, खबरहब लगायत सञ्चार गृहको सम्पादकीय टिममा काम गरेको अनुभव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार