कान्छिमायाले भनिन “ हिमालयन लघुबित्तले बाच्ने आधार दियो ”

spot_img

अनिल अधिकारी / १७ असार
राप्ती । हिमालयन लघुबित्त वित्तीय संस्था लिले आफ्नो केन्द्रका सदस्यको मृत्यु पश्चातको विमा रकम उपलव्ध गराएको छ । सोमवार भण्डारामा रहेको शाखाले केन्द्र नं २१ को कान्छिमाया थिङ्गकी श्रीमान बिष्णुलाल थिङ्गको मृत्यु पश्चात पाउनु पर्ने विमा रकम हस्तान्तरण गरिएको शाखा प्रमुख सञ्चलाल घलानले बताए । उनका अनुसार १ लाख ५० हजार बराबरको बिमा रकम र वाकि २५ हजा। किरिया खर्च भनेर रकम सहयोग गरिएको हो । जम्मा १ लाख ७५ हजार वडा नं ५ का वडा अध्यक्ष सिताराम वलको हात वाट हस्तान्तरण गरिएको शाखा प्रमुख घलानले बताए । कार्यक्रममा बोल्नुहुदै वडा नं ५ का अध्यक्ष वलले लघुवित्त संस्थाले गरेको सकरात्मक काम र यो सहयोग महत्वपुर्ण रहेको बताए । उनका अनुसार मृतकको परिवारलाइ केहि गछुए भन्ने आसा पलाउने काम संस्थाले गरेकोमा खुशि व्यत्तः गरे । समुदायमा उत्पादनशिल काम गर्न र सहजीकरण गर्नको लागी यसले अझ महत्वपुर्ण भुमिका खेल्ने बताए । देशैभरी ७५ वटा शाखा रहेको संस्थाको चितवनमा भने भण्डारा र रत्ननगरमा गरी २ वटा शाखा रहेको छ ।
विमा रकम लिदै मृतककी श्रीमती कान्छिमाया थिङ्गले संस्थाले आर्थिक सहयोग गरेकोमा खुशि व्यक्त गरिन । लघुवित्त संस्थाले केन्द्रका सदस्यलाइ दुख दिने , गाह्रो पार्ने भन्ने सुनिएको थियो तर यो भन्दा फरक रहेको अनुभव सुनाइन । उनले गाह्रो पर्दा सहयोग गरेकोमा खुशि व्यक्त गरिन । यो रकमले आय आर्जनको काम गर्छु भन्दै सहयोगको लागी धन्यवाद दिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार