राप्तीका सवै जनतालाइ निशुल्क एम्वुलेन्स, अव दुइटा एम्वुलेन्सले सेवा दिने

spot_img

राप्ती । निशुल्क एम्वुलेन्स सेवा सुरु गरेको राप्ती नगरपालिका चितवनले सेवालाइ प्रभावकारि बनाउन अर्काे एम्वुलेन्स थप गरेको छ । राप्ती नगरपालिका प्रमुख शमशेर लामाले एउटा एम्वुलेन्सको सेवा अपुग भएपछि एम्वुलेन्स थप्नु परेको बताए । उनले एम्वुलेन्सले सेवा निशुल्क दिन थालेपछि नगरवासीले नगर वाटै सेवा लिन थालेका हुन ।

उनले अव जनताले अभाव महशुस गर्न नपर्ने भन्दै आवश्यक सेवा लिन अनुरोध गरेका हुन । अहिलेलाइ ९८५५०५०२४५ मा सम्र्पक गरि निशुल्क एम्वुलेन्स सेवा लिदै आइरहेका छन । दैनिक ८ जना भन्दा बढी सेवाग्राहीलाइ सेवा दिदै आइरहेको उनले बताए । अव दैनिक यो संख्या बढेर दोव्वर हुने उनको विश्वास रहेको छ । उनले राप्तीका अधिकांश जनताले उपचारको लागी सहज एम्वुलेन्स सेवा नपाउने भएपछि निशुल्क गरिएको बताए । अव यो साउन १ गते वाट निरन्तर सेवामा रहने उनको भनाइ रहेको छ । मेयर लामाका अनुसार राप्तीका सवै जनताले सेवा पाउने कुरामा कुनै दुइमत नरहेको बताए ।

पहिलो बर्ष विपन्नलाइ घर निर्माण गरेको , यो चलिरहेको बर्ष निशुल्क शिक्षा र अव निशुल्क स्वास्थ्यको मापदण्ड तयार भइरहेको उनको भनाइरहेको छ । मेयर लामाले निशुल्क भनेर सित्तैमा लिएको सेवाको महत्व कम हुने तर कुन कुन सेवालाइ कसरी निशुल्क बनाउने भन्ने उनको भनाइ रहेको छ ।

राप्ती नगरपालिकाले अहिले निशुल्क एम्वुलेन्स संगै निशुल्क रगत, जन्मदिनको अवसरमा निशुल्क होल बडी चेकअप तथा अन्य धेरै सुविधा ल्याएको बताए । यसका अलवा भण्डारा अस्पतालवाटै स्वास्थ्य विमाको काम भइरहेको भन्दै अव विमामा समेत बिशेष ध्यान दिने उनले बताए ।

निशुल्क एम्वुलेन्सको सेवाको बिषयमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले पछिल्लो समय नगरले अपनाएको बाटो सकरात्मक र जनतामुखि रहेको बताए । उनले राप्तीका जनतालाइ ढुक्कले सेवा लिनको पाउने गरि एम्वुलेन्स ल्याइएको बताए । अव हामीसंग दुइवटा एम्वुलेन्स हुने भयो, यसलाइ भेगिय हिसावमा समेत वाड्न सकिने उनको भनाइ रहेको छ । भण्डारी भन्छन ‘अव मेयर सावको सोच के रहेको छ , त्यहि अनुसार तय होला । तर पहाडी होस या समथर सवैतिर जनताले निशुल्क एम्वुलेन्स पाउनेछन । ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार