एसर्ईईको नतिजा सन्तोषजनक नभएको भन्दै राप्तीले बैठक डाक्यो

spot_img

राप्ती । राप्ती नगरपालिकाको एसईईको नतिजाको बिषयलाइ लिएर पालिकाले चासो दिएको छ । विहिवार प्रकाशित नतिजामा सामुदायिक विद्यालयमा को नतिजा सन्तोष जनक नभएको भन्दै नगरपालिकाले शुक्रवार बैठकनै डाकेको हो ।
शुक्रवार राप्तीका मावि विद्यालयका प्रधानाध्यापक र समितिको अध्यक्षसंग प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले नतिजाको बिषयमा चासो दिदै बैठक बसेका हुन ।
बैठकमा विद्यालयको नतिजाको बिषयमा छलफल भएको थियो । प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार विद्यालयको नतिजाको बिषयमा चासो मात्र होइन आवश्यक निर्देशन समेत दिएको बताए । विद्यालयमा भइरहका सामान्य समस्या र हेल्चेक्राइको बिषयमा समेत सुधार गर्न निर्देशन दिएका छन । उनले विद्यालयको नियमित अनुगमन तथा विद्यालयको साप्ताहिक प्रगतीको बिषयमा छलफल हुने बताए । उनका अनुसार राप्तीमा रहेका ८ वटा मावि मध्ये राप्ती १२ को गणेश माविको नतिजा शुन्य रहेको छ । २० जना विद्यार्थी सहभागि परिक्षामा नतिजा शुन्य भएको हो । प्रतिशतको आधारमा हेर्ने हो भने राप्ती ८ को बम्ह्रनगर माविले ३३ दशमलव ३३ प्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएको छ । यसलाइ पछ्याउदै बिरेन्द्र आर्दश मावि ३० प्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएको हो । यो दुवै विद्यालयको नतिजा भने सन्तोषजनक होइन । भण्डारा मावि १३ दशमलव ८६ प्रतिशत, महादेवटार मावि १३ दशमलव २० प्रतिशत , रा मावि समिटार ७ दशमलव ४० प्रतिशत र बुद्धशान्ती मावि ५ दशमलव १० प्रतिशत, थाकलटार माविको ४ दशमलव १६ प्रतिशत विद्यार्थी उर्तिण भएका छन । गएको बर्ष पनि बम्ह्रनगर मावि उर्तिण भएको हो । समग्रमा सामुदायिक विद्यालय तर्फ १६ दशमलव ९६ प्रतिशत विद्यार्थी उर्तिण भएका छन ।
योसंगै राप्तीको संस्थागत विद्यालयमा भने केहि सुधारन्मुख देखिएको छ । भण्डारा को साग्रिला इ बो स्कुलले ८९ दशमलव २८ प्रतिशत विद्यार्थी उर्तिण गर्न सफल भएको छ । सवैभन्दा कम विद्यामेमोरियल स्कुल खुरखुरेले जम्मा ५४ दशमलव ५४ प्रतिशत विद्यार्थी उर्तिण गरेको हो । संस्थागत विद्यालयको भने ७४ दशमलव ३४ प्रतिशत विद्यार्थी उर्तिण भएका छन ।

एसईईको नतिजा सन्तोषजनक भएन : मेयर लामा
राप्ती । राप्तीका मेयर शमशेर लामाले गुणस्तरिय शिक्षामा ध्यान दिन निर्देशन दिएका छन । मेयर लामाले एसईईको नतिजा प्रति असन्तोष जनाउनुहुदै राप्तीको शिक्षामा प्रणालीलाइ परिवर्तन गर्नुपर्ने कुरामा जोड दिए । सरकारले निशुल्क शिक्षा दिएको छ । स्थानीय सरकारले लगानी समेत गरेको अवस्थामा नतिजा सन्तोषजनक नभएको प्रति उनले गुणस्तरिय शिक्षाको जिम्मेवार शिक्षक र विद्यालय व्यवस्थापन समिति रहुनु पर्ने बताए । उनले भने यहि गतिमा जाने हो भने अझ कमजोर नतिजा आउनेछ । राम्रो गर्छ होला भनिएको विद्यालयले समेत खराव नतिजा ल्याए पछि प्रधानध्यापक र अध्यक्षहरुको प्रगती प्रतिवेदन माथि उनले प्रश्न चिन्ह उठाएका छन । मेयर लामाका अनुसार अव नियमित अनुगमन, शिक्षकलाइ दिनुपर्ने तालिम तथा सिपका कुरामा समेत कन्जुस्याइ गर्न नहुने बताए । यो पटक राप्तीको नतिजा कमजोर भएको छ यसले नकरात्मक सन्देश दिएको छ । यसलाइ यहि प्रथम त्रैमाशिक परिक्षा वाट सुधार गर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार