इच्छाकामनाको बजेट ७७ करोड ८८ लाख

spot_img

कुरिनटार । इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि ७७ करोड ८८ लाख ९२ हजार रूपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

उक्त बजेटमध्ये आर्थिक विकासतर्फ रू ६ करोड २३ लाख ११ हजार, सामाजिक विकासतर्फ रू ३५ करोड पाँच लाख एक हजार रूपैयाँ विनियोजन गरिएको छ । यस्तै पूर्वाधार विकासतर्फ रू.२३ करोड ३६ लाख ६८ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रू. एक करोड २४ लाख ६२ हजार विनियोजन गरिएको छ ।

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ रू. ११ करोड ९९ लाख ४९ हजार विनियोजन गरिएको छ । उक्त बजेटले गाउँपालिकाभित्रका कृषि, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सरसफाइ, पर्यटनलगायतलाई पनि प्राथमिकतामा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार