राप्तीमा ताला खुलेपछि मात्र नीति तथा कार्यक्रम र बजेट

spot_img

राप्ती । राप्ती नगरपालिकाका मेयर शमशेर लामाले आफ्नाे कार्यकक्षमा लगाएकाे ताला खाेलेपछि मात्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने जनाएका छन् । एमाले र कांग्रेसका जनप्रतिनिधिहरुले लगाकाे ताला आत्मआलाेचना सहित खाेले मात्र बजेट ल्याउने उनकाे भनाई छ । साेमबार विज्ञप्ती जारी गरी मेयर लामाले मेयर र उपमेयरकाे कार्यकक्षमा लगाएकाे ताला र उच्च अदालतका हालेकाे रिटकाे सुनुवाइन नभए सम्म नगर सभा गर्ने वातावरण नभएकाे जनाएका छन् ।

नेपालको सविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐ्न , २०७४ को दफा २१ बमोजिम आर्थिक बर्षको असार १० गते भित्र पालिकाको नीति तथा कार्यक्रम पारित गरी आगामी आर्थिक बर्षको लागि बजेट पेश गर्नुपर्ने प्रावधान रहेको भएपछि प्रतिपक्ष तथा सरकारमै भएका दलका जनप्रतिनिधिका कारण अबराेध भएकाे विज्ञप्तीमा जनाइएकाे छ । आगामी आर्थिक बर्षको लागि नगर सभा आयोजना गरी राप्ती नगरपालिकाले पेश गर्नुपर्ने नीति तथा कार्यक्रम र बजेट पेश गर्न नसकिएको कुरा दुखका साथ व्यक्त गर्न चाहान्छु विज्ञप्तीमा भनिएकाे छ । २०८० चैत्र २३ गते सम्मानित उच्च अदालत हेटौडामा एमाले र काग्रेस निकट ५० जना जनप्रतिनिधि ज्युहरुले राप्ती नगरपालिका विरुद्ध रिट दर्ता गराएकाे र अहिले सो रिट विचारधिन अवस्थामा रहेको उल्लेख गर्दै मेयर लामाले असार १० गते उच्च अदालत हेटौडाले रिटसंग सम्वन्धित यसअघिका दुवै रिटको सक्काल कागजपत्र सहित प्रमाण देखाउ आदेश जारी गरेको बताए । फाल्गुन ९ गते बाट नगर प्रमुखको कार्यकक्ष लगायत अन्य कार्यकक्षमा नेकपा एमाले र नेपाली काग्रेस निकट जनप्रतिनिधिले तालावन्दी गरी विकास निर्माणलाइ ठप्प पार्ने प्रयास भइरहेको भन्दै मेयर लामाले विकासको काममा समेत प्रत्यक्ष असर पार्ने गरी गतिविधि भएकाे बताए ।

नगर सभा जस्तो गरिमामय सभा आव्हान गर्नुपर्ने र सो भन्दा अगाडि बस्नुपर्ने महत्वपुर्ण कार्यपालिका बैठक लगायतका संवेदनशिल बिषय माथिका छलफल र निर्देशनलाइ प्रत्यक्ष असर पर्नेगरी नगरपालिकालाइ बन्दी बनाइएको विज्ञप्तीमा उल्लेख छ। पिडामा परेका जनता, विकास खोजेका जनता र समृद्ध चाहाने जनताको अधिकारलाइ कुण्ठित गरी गरिएको तालावन्दीको कारण गएको फागुन महिना देखि नगरको कार्यपालिका बैठक बस्न नसककाे भन्दै मेयर लामाले यसले नगरपालिकाको महत्वपुर्ण निर्णय माथि अंकुस लागेको बताए । जनताले चाहेका विकास बजेट रोकिएका छन्, त्यो भन्दा महत्वपूर्ण देशका सवै पालिकामा बजेट पेश भएका छन तर राप्तीमा जनप्रतिनिधिहरु बाटनै विभिन्न वाहानामा नगरलाइ विकासको गतिमा दुइ कदम पछाडि पार्ने काम भएको विज्ञप्तीमा उल्लेख गरिएकाे छ । विज्ञप्तीमा एमाले र काग्रेस निकट जनप्रतिनिधिहरुले विकासको गति रोक्न गरेका तालावन्दी आत्माआलोचना सहित आग्रह समेत गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार