भण्डारा आखा उपचार केन्द्र प्रभावकारी बन्दै

spot_img

राप्ती । राप्तीमा रहेको आखा उपचार केन्द्रको सेवा प्रभावकारी हुदै गएको छ । गएको श्रावण १ बर्ष देखि सञ्चालनमा आएको आखा उपचार केन्द्रमा हाल सम्म २ हजार ७ सय ९६ जनाले सेवा लिएका छन । भण्डारा अस्पतालको प्रांगणमा रहेको उपचार केन््रमा नियमित सेवाग्राही आउनेको संख्या वृद्धि भएको हो । राप्तीका मेयर शमशेर लामाले आखा उपचार केन्द्रमा आउनु भएका विमारीलाइ सहजताको लागी हदसम्मको प्रयास गरिएको बताए । उनले उपचारमा आएका विमारीलाइ आवश्कता हेरी भरतपुर सम्म सिफारिस गरिएको बताए । विभिन्न समयमा हुने आखा शिविर र नियमित आएका विमारीहरु वाट हाल सम्म ४७ जनालाइ अप्रेशनको लागी सिफारिस गरिएको छ । यसका अलवा भरतपुरमानै गएर उपचार गर्नको लागी ९० जनालाइ सिफारिस गरिएको मेयर लामाले बताए । सामान्य आखा उपचारको लागी भरतपुर जानुपर्ने जनताको समस्यालाइ मध्यनज। गदै नगरमै उपचार केन्द्र सुरु गरिएको उनले बताए । उनका अनुसार हाल राप्तीका अधिकांश जनता उपचार केन्द्र सम्म आउने र नियमति उपचारमा सहभागि हुने गरेको उनले बताए ।
बिशेषगरी वृद्ध आमावुवालाइ सहजरुपमा उपचार दिन सकेकोमा मेयर लामाले खुशि व्यक्त गरे । उनले वृद्धआमा वुवालाइ आखाको देखिएको सामान्य उपचारको लागी भरतपुर जाने समस्या समाधान गरिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार