नेपाल र श्रीलंकाबीचको खेल रद्द

spot_img

अमेरिका – आईसीसी टी २० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् ।

अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। विहादेखि सुरू भएको ७:४५ मा भने रोकिए पनि सवा आठ बजेदेखि फेरि वर्षा भएको थियो।

मैदानको आउटफिल्डमा पानी जमेको छ। मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण भिजेको छ। लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ। खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोडिडा आइपुगेका हजारौं दर्शकका लागि पनि मौसमले खिन्न बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार