राप्तीमा लोक सेवा तयारी कक्षा सुरु हुदै

spot_img

राप्ती । राप्ती नगरपालिकाले लोक सेवा पढ्न चाहानेको लागी कक्षा सञ्चालन गर्ने भएको छ । नगरले एक सुचना जारी गदै निशुल्क लोक सेवा तयारी कक्षा सुरु गर्न लागेको भन्दै इच्छुकलाइ निवेदन दिन भनेको छ । पछिल्लो समय युवाहरुमा लोक सेवा प्रति आर्कषण बढेको भन्दै लोक सेवा तयारी कक्षा सञ्चालन गर्न लागेको मेयर शमशेर लामाले बताए । उनले अहिले सम्म वडा र नगर वाट १ हजार भन्दा बढीलाइ शिप मुलक तालिम दिएका छौ । अव कम्तीमा सरकारी जागिरको चाहाना राख्नेले लोक सेवा तयारी कक्षा लिन सकिने उनले बताए । विहान सञ्चालन हुने तयारी कक्षामा सुचना निकालेको ७ दिन भित्र निवेद दिनुपर्नेछ । लगत्तै कक्षा सञ्चालन हुने उनले बताए । लामाका अनुसार निवेदन दिनुअघि केहि मापदण्ड तोकिएको छ र सोहि अनुसार फारम भनुपर्ने उनले बताए । राप्तीका धेरै युवाहरु तयारी कक्षाको लागी वाहिर जानुपर्ने वाध्यतालाइ ध्यानमा दिदै तयारी कक्षा राख्न लागिएको उनको भनाइ रहेको छ ।

अव नगरकै सभाहलमा कक्षा सञ्चालन हुने भन्दै इच्छुकले सिधै नगरको उद्यम विकास शाखामा सम्र्पक गर्न मेयर लामाले अनुरोध गरे । अहिले राप्तीका विभिन्न स्थानमा पार्लर, टेलरिङ, कुक, सवारी चालक, अचार बनाउने, पलम्वर, इलेक्ट्रिसियन, लगायतका तालिमहरु सुरु भइरहेका छन । केहि सुरु हुने तयारीमा रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार