जनतासंग मेयर वडामा कृषि अनुदान आएको पत्तो भएन भन्दै स्थानीयको गुनासो

spot_img

राप्ती । राप्ती नगरपालिका वडा नं १ का स्थानीय वासिन्दाले बाटो ढलान गर्दा ढल निकासमा ध्यान दिनुपर्ने भन्दै मेयर शमशेर लामाले ध्यानाकर्षण गराएका छन । वडा नं १ का विभिन्न स्थानमा भएका ढलानले ढल निकासमा समस्या भएको भन्दै त्यसको समाधानको वाटो खोज्नु पर्ने बताए ।
मेयर लामालाइ वडामा विकास भइरहेको र त्यसको दिगो व्यवस्थापनमा स्थानीय सरकार लाग्नु पर्ने बताए । स्थानीय सानुमाया ओझाले खानेपानी र सिचाइको समस्या रहेको भन्दै त्यसको समाधानको लागी मेयर समक्ष अनुरोध गरिन । ओझाले वडाको अधिकांश क्षेत्रमा यसको समस्यामा समाधानको लागी नगरपालिकाले आवश्यक समन्वय गर्नुपर्ने बताइन ।
वडामा आउने र नगरले वितरण गर्ने कृषि अनुदानको बिषयमा थाहा नभएको भन्दै गुनासो गरिन । उनले कृषक मुखि बजेट भनेर स्थानीय सरकारले पहुच भएकालाइ मात्र वितरण गरेको होकि भन्ने आशंका व्यक्त गरिन ।
जवाफमा मेयर लामाले कृषि अनुदानमा कत्ति पनि शंका नगर्न अनुरोध गरे । नगरपालिकाले प्रवाह गर्ने अुनदानमा वरावरी गर्ने गरेको बताए । कृषकहरुले आवश्यकता रहेका प्रविधि माग गर्नुपर्ने। कृषि सामाग्रि माग गर्नुपर्ने मेयर लामाले बताए ।
यसका अलवा ढलान सडक हुदा ढलको निकासमा आएको समस्या समाधानको लागी नगरले ध्यान दिने बताए । उनले वडामा देखिएको सिचाइको समस्या समाधानको लागी प्रयत्नशिल भएको र आवश्यक समन्वय गर्ने बताए । केहि समय अगाडी मात्र वडाको माथिल्लो भेगमा ५ सय मिटर पाइप विस्तार गरी ७० परिवारलाइ खानेपानीको व्यवस्था गरिएको बताए ।
विकास विस्तारै हुदै जाने र यो नियमित काम भएको भन्दै विकासको गति अझ बढ्ने र निश्चित हुन उनले अनुरोध गरे ।

राप्ती नगरपालिकाले जनताको राय र सुझाव लिदै गुनासो सुन्न र त्यसको समाधानको लागी जनतासंग मेयर कार्यक्रम सञ्चालन गदै आइरहेको छ । नेपाल व्युटि प्याराडाइज प्रा.लिले सञ्चालन गरेको यो कार्यक्रम राप्तीको विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार