जनतासंग मेयर – कृषि सहकारी ब्यबस्थापनमा मेयरको चासो – अब सहकारिले अनुदानको मल बेच्ने

spot_img

राप्ती । राप्ति २ को आधुनिक फलफुल तथा तरकारी उत्पादक कृषि सहकारीको भवन मर्मत भएपछि स्थानीय खुशि भएका छन । राप्तीको मेयर शमशेर लामाले जिर्ण अवस्थामा रहेको भवनको व्यवस्थापन र मर्मत भएपछि अहिले सहकारी भवन चिटिक्क देखिएको छ । सहकारीको भवन व्यवस्थित भएपछि सदस्य कृष्णहरी पाण्डेले मेयर लामालाइ धन्यवाद दिए । कस्तो थियो कस्तो भयो । घरघरमा सिंह दरवार भनेको यहि हो भन्दै खुशि व्यक्त गरेका हुन ।
नेपाल व्युटि प्याराडाइज प्रा.लिले राप्ती नगरपालिकाको सहकार्यमा तयार पारेको जनतासंग मेयर कार्यक्रमको क्रममा मेयर लामाले सहकारीको स्तर उन्नती कृषकमुखि काम गर्नको लागी पदाधिकारीलाइ निर्देशन दिएका छन ।
संस्थाका सदस्य पाण्डेले सहकारीको मुहार फेरिदै गएको तर यसलाइ अझ व्यवस्थित गर्नुपर्ने भन्दै सामुदायिक हलको रुपमा समेत विस्तार गर्नुपर्नेमा जोड दिए । उनले भवनलाइ सुरक्षित गर्नको लागी तारवारको व्यवस्था हुनुपर्ने र यसको लागी आगामी बजेटमा नगरले ध्यान दिनुपर्ने बताए ।

जवाफमा मेयर लामाले सहकारीलाइ आम्दानीको बाटोमा लग्नुपर्ने र यसका लागी नगरले उत्पादन गरेको कम्पोष्टमल विक्रि वितरण गर्नुपर्ने बताए । उनले सहकारीलाइ आम्दानी पनि हुने साविक पिप्ले गाविसका जनतालाइ मलको अभाव नहुने भन्दै नगरले उत्पादन गरेको मल विक्रि वितरण गर्न अनुरोध गरे ।

कृषि सहकारी संस्था पनि भएको र मल विक्रि वितरण गर्दा कृषक खुशि हुने भन्दै आवश्यक समन्वय गर्न अनुरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार