गणतन्त्र दिवसमा सरसफाइ

spot_img

गणतन्त्र दिवसमा सरसफाइ

राप्ती । गणतन्त्र दिवसको अवसरमा राप्ती नगरपालिकाको भण्डारामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । राप्ती नगरपालिका, उद्योग वाणिज्य संघ राप्ती र शसस्त्र प्रहरी वल ३ नं वाहिनी मुख्यालय भण्डाराको सयुक्त आयोजनामा सरसफाइ कार्यक्रम भएको हो । देशमा गणतन्त्र आएको १६ बर्ष पुरा भएसंगै जनताको पक्षमा सत्ता आएको दिनको रुपमा गणतन्त्र मनाइदै आइएको हो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख शमशेर लामाले देशमा गणतन्त्र स्थापना गर्नको लागी योगदान दिनुहुने सम्पुर्णको सम्झानामा आफुहरुले सरसफाइ कार्यक्रम आयोजना गरेको बताए । एक दिन अवसर पारेर सरसफाइ गदैमा सफा हुने होइन तर यो हाम्रो अभियान हो । गणतन्त्र दिवसको अवसरमा राप्ती उद्योग वाणिज्य संघ र सशस्त्र प्रहरी वलले सहकार्य गरेकोमा खुशि व्यक्त गरे । राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कडेलले स्थानीय सरकारसंग हामी व्यवसायीहरु मिलेर सामाजिक काम गर्न पाउदा अत्यन्तै खुशि लाग्ने बताए ।व्यवसायीहरुले पनि गणतन्त्र स्थापना गर्नको लागी अतुलनिय योगदान गरेको भन्दै सहकार्य र एकताको लागी सरसफाइ कार्यक्रम आयोजना गरिएको उनले बताए । कार्यक्रममा राप्ती नगरपालिका वडा न ७ की अध्यक्ष सुमिता डल्लाकोटी, वडा नं ११ का अध्यक्ष बुद्धि बहादुर स्याङ्गतान, कार्यपालिका सदस्य गोमादेवी धरेल, मित्रकुमारी तितुङ्ग,वडा नं ५ का कार्यपालिका सदस्य चुडामणी बर्ताेला, नगर सभा सदस्य मरिचमान व्लोन ,ससस्त्र प्रहरी उपरिक्षक सुर्य प्रसाद आचार्य, राप्ती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत शैलेन्द्र भण्डारी, राप्ती उद्योग वाणिज्य संघका पदाधिकारी , भण्डारा टोल विकास संस्था, भण्डारा बजार व्यवस्थापन समिती लगायतकाको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार