बिरेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img

बिरेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न
राप्ती । रक्तदान जिवन दान भन्ने मुल नारानै मानविय सेवामा प्रेरित भएको राप्ती ७ की अध्यक्ष सुमिता डल्लाकोटीले बताएकी छिन । राप्ती ७ बिरेन्द्रनगरमा भएको रक्तदान कार्यक्रममा बोल्नहुदै अध्यक्ष डल्लाकोटीले आफ्नो स्वास्थ्यले भ्याए सम्म रगत दान गर्नुपर्ने बताइन । उनले रक्तदान गर्दा अरु कसैले जिवन दान पाउने भन्दै यो पु०य काममा कोहि पनि पछाडी हट्न नहुने बताइन । रेडक्रस बिरेन्द्रनगरले सामाजिक काममा गरेको यो सकरात्मक कामको खुलेर प्रंशसा गर्नुभयो । सोमवार भएको भएको रक्तदान कार्यक्रममा ७८ जनाले रक्तादन गरेका छन । नेपाल रेडक्रस बिरेन्द्रनगरको आयोजना तथा लायन्स क्लब अफ चितवन, वीरेन्द्रनगर , लायन्स क्लब अफ चितवन राप्ती , राप्ती जेसीज ,राप्ती उद्योग वाणिज्य संघ ,सानो कोपिला, किवानीज सेवा महिला साकोस, बीरेन्द्रनगरको सह आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा राप्ती जेसिसका अध्यक्ष विवेक गैरेले स्वागत मन्तव्य , कार्यक्रम व्यवस्थापन प्रेमनाथ सेढाइले गरेका थिए । वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी प्रमुख अतिथि रहेको कार्यक्रममा रेडक्रसका सभापति रामकु्मार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार