राप्तीमा ७ दिने अचार बनाउने तालिम सुरु

spot_img

राप्तीमा ७ दिने अचार बनाउने तालिम सुरु
राप्ती । राप्ती नगरपालिकाले २९ जना महिलालाए अचार बनाउने तालिम सुरु गरेको छ । सोमवार राप्ती नगरपालिका वडा नं ५ मा रहेको शिखर सामुदायिक वनमा तालिम सुरु भएको हो । महिला उद्यम शाखाले सञ्चालन गरेको तालिमको वडा नं ५ का अध्यक्ष सिताराम वलले समुद्धघाटन गरेका हुन । कार्यक्रम समुद्धघाटन गर्नुह्दै अध्यक्ष वलले महिलाहरुमा सिपको विकास हुदा रोजगारी सिर्जना हुने बताए । वडा नं ५ का २९ जना महिलाहरुले अचार बनाउने तालिम मात्र लिएर बस्न नहुने यसलाइ प्रयोगमा पनि ल्याउनु पर्ने उनको जोड रहेको थियो । कार्यक्रममा राप्ती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेन्द्र भण्डारीले नगरले ल्याएका यस किसिमको तालिमको भरपुर प्रयोग गर्नुपर्ने बताए । राप्तीलाइ आत्मनिर्भर बनाउन यो तालिमले महत्वपुर्ण भुमिका खेल्ने भण्डारीको विश्वास रहेको छ । कार्यक्रममा आर्थिक विकास शाखा प्रमुख अर्जुन सापकोटा, उद्यम विकास शाखा सदस्य बुद्धिमाया श्रेष्ठ लगायतकाको उपस्थिती रहेको थियो । तालिम जेठ ७ गते वाट १३ गते सम्म सञ्चालनमा आउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार