अनुदान सहित कुषकलाइ कफि खेतीमा आर्कषण गदै राप्ती

spot_img

अनुदान सहित कुषकलाइ कफि खेतीमा आर्कषण गदै राप्ती

राप्ती । राप्ती नगरपालिका प्रमुख शमशेर लामाले नगरलाइ कफि जोन सहितको दिगो योजना सम्वन्धि सरोकारवालासंग छलफल गरेका छन । प्रमुख लामाले राप्तीको पहाडी क्षेत्रलाइ कफि जोन बनाउने र यसको लागी अनुदान सहितको योजना सुरु गरेको बताए । बैशाख ८ गते वडा नं १३ को गुन्दिमा कफिको विउ राख्नुहुदै नगर प्रमुखले इच्छुक किसानलाइ सम्र्पक गर्न अनुरोध गरेका थिए । शुक्रवार नगर सभाहलमा किसान, पत्रकार र कृषि शाखाका कर्मचारी विच भएको अन्र्तक्रियामा लामाले राप्तीको पहाडी क्षेत्रलाइ कफि जोन बनाउने तयारी भएको बताए । अहिले धन्दै एक लाख विउ राखिएको छ । एक बर्ष सम्म नर्सरी गरी विउलाइ संरक्षण गर्नुपर्ने र त्यस पश्चात विरुवा रोप्न सकिने बताए । उनले आजकै मिति वाट कफि खेतीको लागी तयारी गरेमा अवको साढे २ बर्षमा आम्दानी गर्न सकिने लामाले बताए । कृषिमा निर्भर रहेका नगरवासीलाइ पुरानो प्रविधि त्याग्दै कफि खेतीमा अनुदान सहितको व्यवसाय सुरु गर्नुपर्ने कुरामा जोड दिए । अहिले राप्तीमा कफि खेतीको बजार ग्यारेण्टी सहित अनुदानमा नगरपालिकाले कृषकलाइ आर्कषित गरिरहेको छ । वडामा सिचाइ र गरि आएको खेती उत्पादनमा ह्रास आएपछि विकल्प खोजिएको लामाले बताए । नगरको पहाडी क्षेत्र कफिको लागी उपयुक्त रहेको भन्दै किसानले केहि समय धैर्य गर्न सके निरन्तर आम्दानी गर्न सकिने भन्दै कफि खेतीको लागी नगरले लगानी गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार