अब एक पालिका एक स्मार्ट विद्यालय

spot_img

काठमाडौँ । अब सरकारले एक पालिका एक स्मार्ट विद्यालय स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको (संयुक्त बैठक) बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

‘विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाइ शिक्षण शिकाईमा रहेको असमानता कम गर्न र गुणस्तरमा बृद्धि गर्न एक पालिका एक स्मार्ट विद्यालय अवधारण कार्यान्वयनमा ल्याईनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, सरकारले आगामी ५ वर्षभित्र सबै बालकालिकालाई आधारभूत शिक्षा प्राप्त गर्ने सुनिश्चिचा गर्ने उल्लेख छ । नीति तथा कार्यक्रममा विद्यालय बाहिर रहेका बालबालिकालाई अनौपचारिक शिक्षा प्रदान गरिने, प्रारम्भीक तथा बालविकाश शिक्षा प्रणालीमा विस्तार गरिनेछ । जेष्ठ नागरिकका ज्ञान, सिप तथा अनुभव पुस्तान्तरणका लागि आवश्यक प्रवन्ध गर्ने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार