राप्ती ७ ले भन्यो बैशाख २४ भित्र पोषण भत्ता लिन आउनु

spot_img

राप्ती ७ ले भन्यो बैशाख २४ भित्र पोषण भत्ता लिन आउनु
राप्ती । राप्ती नगरपालिका वडा नं ७ ले लक्षित महिला दिदिवहिनीहरुको लागी पोषण भत्ता वितरण गर्ने भएको छ । वडाको नियमित कार्यक्रम अन्र्तगत यस बर्ष पनि वडा भित्रका सुत्केरी र गर्भवति महिलाहरुको लागी पोषण भत्ता वितरण गर्न लागिएको अध्यक्ष सुमिता डल्लाकोटीले बताइन । राप्ती न.पा वडा नं ७ मा स्थाई बसोवास गर्ने, यसै आ.व. भित्रमा गर्भवती तथा सुत्केरी हुनुभएका आमाहरुको लागी गर्भवती सुत्केरी पोषण खर्च उपलब्ध गराउने कार्यक्रम भएकोले आवश्यक कागपत्र पेश गर्न अध्यक्ष सुमिता डल्लाकोटीले अनुरोध गरिन । बैशाख २४ गते वडाको आधारभुत स्वास्थ्य केन्द्र शिरकोट राप्ती ७ मा नाम दर्ता गराउनु पर्ने अध्यक्ष डल्लाकोटीले बताइन । नाम दर्ता गराउदा नेपाली नागरीताको फोटोकपी, गर्भवती महिलाको हकमा गर्भवती जांच कार्डको फोटोकपी , सुत्केरी महिलाको हकमा अस्पतालको डिस्चार्ज कार्ड वा बच्चाको जन्मदर्ताको फोटोकपी उपलव्ध गराउनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार