आज अन्तराष्ट्रिय श्रमिक दिवस – श्रमिकको श्रमको उच्च मुल्याङ्गकन गर्ने राप्तीका मेयर लामाको प्रतिवद्धता

spot_img

राप्ती । श्रमिक दिवस अर्थात् मे १ लाई विश्वभर मजदुर दिवसका रूपमा मनाइन्छ । सिकागोको हेमाक्रेटामा सन् १८८६ को नरसंहारमा मारिएका मजदुर र आममानिसको सम्झनामा यस दिवसलाई मनाइने गरिन्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनको स्थापना हुनुअघि मजदुरलाई वस्तुको रूपमा हेरिन्थ्यो। त्यतिबेला कमभन्दा कम तलब दिइन्थ्यो । ज्याला, तलब दिने प्रचलन १९ औ शताब्दीपछि सुरु भएको हो । मजदुरसँग आश्रित परिवारलाई बेवास्ता गरिन्थ्यो । एउटा वर्गले अर्को वर्गमाथि शोषण गरेको थियो ।

सन् १९१९ मा अन्तर्राष्ट्रिय श्रम संगठनको स्थापना भयो । आइएलएलोले आफ्नो स्थापनाकालदेखि नै श्रमिकहरूको हकअधिकारका लागि काम गर्दै आएको छ। विश्वका धेरै मुलुक आर्थिक समृद्धितर्फ लागेपछि श्रम क्षेत्र विस्तार हुँदै गयो । श्रमबजारमा श्रमिकको माग बढ्दै गयो ।

नेपाल सन् १९६६ देखि नै औपचारिक रूपमा आइएलएलोसँग आबद्ध छ। श्रम गरी आफ्नो जीविकोपार्जन गर्ने हरेक व्यक्ति श्रमिक हुन् । नेपालको संविधानले व्याख्या गरेअनुसार श्रमिक भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर सम्झनुपर्दछ।

नेपालको सन्दर्भमा कुरा गर्दा नेपालमा श्रम बहसको इतिहास त्यति लामो छैन। वि.सं. १९१० सालको ऐनभन्दा पहिले हिन्दु शास्त्रसम्मत नियम थियो। त्यतिबेला खेतीपाती, पशुपालन गर्ने नोकर हुन्थे। उनीहरूलाई तलब दिँदा जिन्सी, अनपात दिने चलन थियो।

‘इक्वेल भ्यालु अफ वर्क’ को सिद्धान्तमा रही हरेक रोजगारदाताले समान कामका लागि पारिश्रमिक भेदभाव गर्न नहुने कुरा उल्लेख गरेको छ। यति नियम तथा कानुन बने पनि श्रमिकको अवस्था उस्तै छ। आज पनि लाखौं युवा खाडी मुलुकमा काम गर्न बाध्य छन्।
वि.सं १९१० को मुलुकी ऐनअन्तर्गत खेताला, भरियालाई रोजको १० पैसाका दरले ज्याला दिने, कैदीलाई सडक खन्याउन लगाउँदा ६ पैसा ज्याला दिने, कर्मचारी, जंगी, गैर जागिरदारका लागि ज्याला व्यवस्था गरिएको थियो। २००७ सालको संविधानमा मजदुर, स्त्रीलाई बलपूर्वक, बालबालिकालाई कलिलो उमेरलाई दुरूप्रयोग गर्नु नहुने जस्ता कुरा राज्यको नीति निर्देशक सिद्घान्तअन्र्तगत राखिएको थियो।
नेपालको अन्तरिम संविधान २०६३ अन्तर्गत सबै नागरिकका लागि मौलिक अधिकार प्रत्याभूत भएअनुरूप नेपाली श्रमिक वा कामदारको हकलाई पनि संरक्षण गरेको पाइन्छ। श्रम ऐन २०४८ ले पनि कामदार वा श्रमिकको लागि विभिन्न व्यवस्था गरेको छ।

हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको हकअधिकार प्रवद्र्धनका निम्ति काम गर्दै आएको छ।

यस मन्त्रालयअन्तर्गत विभिन्न विभागको गठन र कानुन तथा नीति निर्माण भएको छ। श्रम र रोजगार सम्बन्धी नीति पनि ल्याएको छ।

नेपालको संविधान २०७२ को धारा ३३ ले रोजगारको हक र धारा ३४ले श्रमको हक हुने उल्लेख पनि गरेको छ। राज्यले प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चितता गरेको छ।

श्रमको उचित मूल्य दिनुपर्ने भनेको छ। कुनै पनि मानिसले आफ्नो क्षमता र दक्षता अनुसारको रोजगार छनोट गर्न पाउने अधिकार सबैलाई रहेको छ। नेपालको प्रचलित कानुनको अधिनमा रही स्वतन्त्रताका साथ काम गर्न कसैले बाधा पु¥याउन पाइने छैन।

‘इक्वेल भ्यालु अफ वर्क’ को सिद्धान्तमा रही हरेक रोजगारदाताले समान कामका लागि पारिश्रमिक भेदभाव गर्न नहुने कुरा उल्लेख गरेको छ। यति नियम तथा कानुन बने पनि श्रमिकको अवस्था उस्तै छ। आज पनि लाखौं युवा खाडी मुलुकमा काम गर्न बाध्य छन्।

हालसम्म १ सय ७२ वटा देशहरूसँग नेपालको श्रम स्वीकृति रहेको छ। वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७५÷७६ को प्रगति प्रतिवेदन अनुसार १६ लाख ४० हजार ६ सय ९६ जना रोजगारका निम्ति विदेशिएका छन्। नेपालमा रोजगारी सिर्जना हुन नसक्नु, लगानी सुरक्षित नहुँदा खाडीको ५२ डिग्रीको तापक्रममा नेपालका गरिब र अतिविपन्न दाजुभाइ , दिदीबहिनी आफ्नो ज्यान जोखिममा राखेर श्रम गरिरहेका छन्।

दैनिक जस्तो २–३ वटा शव नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिने गरेको तथ्यले बयान गरिरहेको छ। नेपालमा अधिकांश र निमन मध्यम वर्गको जीविकोपार्जन रेमिट्यान्समा निर्भर छ। रेमिट्यान्सको भरमा छोराछोरी महँगो स्कुलमा पढाएका छन्, गाउँबाट सहरमा बस्न थालेका छन्।

श्रमिकको श्रमको सम्मान हुन्छ : नगर प्रमुख लामा
राप्ती । अन्तराष्टिय श्रमिक दिवसको अवसरमा राप्तीका नगर प्रमुख शमशेर लामाले श्रमिकको श्रमको सम्मान गर्नुपर्ने बताएका छन । उनले श्रमको माध्यम वाट आफ्नो जिवन चलाइरहेका वा पहिचान बनाइरहेका श्रमिकको पक्षमा आफु सदैव रहेको भन्दै श्रमिकको हितको लागी स्थानीय सरकारले काम गर्ने बताए । प्रमुख लामाले अहिले राप्ती भित्र रहनु भएका श्रमिकको हकहित र संरक्षणको लागी सदैव तयार रहेको र समस्या समाधान तत्पर रहने बताए । उनले पालिकाकाकै संरचनामा काम गर्नुहुने सयौ कर्मचारी, पालिकासंग सहकार्य गरी काम गर्ने श्रीमक,अ अन्य क्षेत्रमा श्रम गर्ने श्रमिकको पक्षमा आफु रहेको उनले जिकिर गरे । विभिन्न वाहानामा श्रमिकले दुख पाउने वा श्रमिकको श्रम शोषण हुन नहुने उनले बताए । अन्तरािष्ट्रय श्रम दिवसको अवसरमा सम्पुर्ण श्रमिक प्रति उच्च सम्मान गदै शुभकामना गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार