राप्तीमा महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

spot_img

राप्ती, चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका मा महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम सुरु गरिएको छ । राप्ती नगरपालिका वडा नम्बर ६ ले वडा भित्रका बिपन्न तथा आयस्तर कमजोर भएका महिलालाई लक्षित गरी सो तालिम सुरु गरेको हो ।

वडा अध्यक्ष जल्लु महतो थारुले एकल महिला, बिपन्न तथा न्यून आय भएका महिलाको लागि आत्मनिर्भर बनाउन सो तालिम सुरु गरिएको बताउनुभयो । वडा भित्रका महिलाहरुको लागि आत्मनिर्भर र व्यावसायिक बनाउन उक्त तालिम आयोजना गरिएको उहाँको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथी राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले अचार बनाउने तालिम आत्मनिर्भर बन्ने एउटा खुड्किलो भएको बताउनु भयो । नगरपालिकाले स्वरोजगार बनाउन बिगत देखिनै विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आइरहेको र आगामी दिनमा पनि लक्षित समुदायलाई उपयोगी सीप सिकाएर स्वरोजगार बनाउने उहाँले बताउनुभयो । साथै सिकेका ज्ञान, सीपलाई कार्यान्वयन गर्दै सफल उद्यमी बन्न उहाँले शुभकामना दिनुभयो ।

कौसिला चौधरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा राप्ती नगरपालिका लेखा शाखा प्रमुख अर्जुन सापकोटा, कार्यपालिका सदस्य गुनु बिक, वडा सदस्य त्रय सहदेब सेढाइ, राजकुमार तामाङ, ममिता कुवरको उपस्थिति थियो भने तालिमको सहजीकरण अम्बिका धितालले गर्नुहुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार