निशुल्क एम्वुलेन्स सेवा पाएपछि नगरवासी खुशि

spot_img

राप्ती । निशुल्क एम्वुलेन्स सेवा प्रभावकारी हुदै गएपछि राप्ती नगरपालिकाले अर्काे एम्वुलेन्स थप्ने तयारी गरेको छ । अहिले भइरहेको एम्वुेन्सले सेवा दिन नभ्याएपछि थप एउटा एम्वुलेन्स ल्याउने तयारी गरेको नगर प्रमुख शमशेर लामाले बताए । टेण्डर आव्हान सहित आवश्यक प्रकृया पुरा भइसकेको भन्दै चाडै दुई वटा एम्वुलेन्सले सेवा दिने प्रमुख लामाले बताए । लामाका अनुसार नगरमा रहनु भएका दिर्घ रोगी, पहाडी क्षेत्रलाइ समयमा उपचार दिन पनि थप एम्वुलेन्स आवश्यक परेको भन्दै जनतालाइ उपचार गर्न आउन जादामा शुल्क नलाग्ने तयारी गरेको लामाको भनाइ रहेको छ । निशुल्क एम्वुलेन्स सेवा सुरु गरेपछि पहाडका जनताले खुशि भएका छन । विकट मानिएका ठाउ वाट डोको वा झोलुङ्गोमा विमारी ओसार्ने र त्यसपछि भने बोलेर वोक्ने जनताले अहिले एम्वुलेन्सलाइ फोन गर्न थालेका छन । एम्वुलेन्सले विमारीलाइ ल्याउन र लैजान पैसा लिग्दैन भन्ने जानकारी नपाउदा पनि स्थानिय महङ्गो शुल्क वाध्य थिए । पहाड वाट भरतपुर सम्म लैजादा बोलेरोले एकतर्फि ७ देखि १० हजार भाडा लिदै आइरहेको छ । तर एम्वुलेन्सलाइ कल गर्ने वा वोलाउने हो भने शुल्क लाग्दैन । भण्डारा अस्पतालको एम्वुलेन्सको सेवा लिदा कत्ति पनि शुल्क लाग्दैन र सहज सेवा पाइन्छ भन्ने बिषयमा स्थानियलाइ जानकारी दिन थालेपछि एम्वुलेन्सको सेवा सुरु हुन लागेको भण्डारा अस्पतालका प्रमुख डा विनोद रिजालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार