राप्ती उद्योग वाणिज्य संघको छैठौं साधारणा सभा सम्पन्न

spot_img

राप्ती उद्योग वाणिज्य संघको छैठौं साधारणा सभा सम्पन्न

राप्ती । राप्ती उद्योग वाणिज्य संघको छैठौं साधारणा सभा सम्पन्न भएको छ । आइतवार खुुरखुरेको नन्दिनी पार्टी प्यालेसमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको प्रमुख आतिथ्यता सभा सम्पन्न भएको हो । प्रमुख अतिथि एवं आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले उद्योगी व्यवसायीलाइ उत्पादन तर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । उनले व्यवसाय धरासय हुने अवस्था सिर्जना भएकोमा यसको न्युनिकरणको लागी सृजनात्मक किसिम ढंगले सोच्नुपर्ने बताए । उत्पादनका बिषयमा हामी ध्यान दिनुपर्ने र यसलाइ बजारीकरण गर्नुपर्नेमा उनले जोड दिए । उनले आफ्नो क्षेत्रको उद्यागी र व्यवसायीको हितको लागी बजेट ल्याउने बिषयमा समेत गृहकार्य भइरहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष गुणाराज श्रेष्ठ , चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ ,रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनाल ,उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनाल ,राप्ती नगरपालिकाका नगरसभा सदस्य राजनैतिक दलका प्रतिनिधि ,राप्ती उद्योग संघका अध्यक्ष लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रम संघका अध्यक्ष राजकुमार कडेलको अध्यक्षतमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार