राप्तीमा असल पशु पालन सम्वन्धी तालिम सम्पन्न

spot_img

राप्तीमा असल पशु पालन सम्वन्धी तालिम सम्पन्न

राप्ती । राप्ती नगरपालिका वडा नं ६ की जमुना सेढाइले कृषकको लागी विभिन्न तालिम सञ्चालन हुनु सकरात्मक रहेको भन्दै खुशि व्यक्त गरिन । नगरपालिका नियमित आउन नपर्ने सेढाइलाइ बैशाख १२ देखि १४ गते सम्म भने नियमित नगरपालिका आउनु पर्यो । वडा नं ६ माओवादी केन्द्रकी अगुवा समेत रहेकि सेढाइ असल कृषक पनि हुन । उनले गाइभैसी पालेकि छिन । उनी नियमित नजिकको डायरीमा दुध समेत पुर्याउने काम गर्छिन । उनको आम्दानीको श्रोत पशुपालन हो भन्दा खुशि लाग्छ । तर व्यवस्थित पशु पालनको बैज्ञानिक ज्ञान नहुदा सेढाइ तनावमा थिइन । बैशाखको १० पछि राप्ती नगरपालिकाले स्थलगत तालिम आयोजना गदैछ भनेर खवर गरेपछि ३ दिन समय निकालिन र तालिममा सहभागि भइन । उनले व्यवीसथत पशुपालनको थ्प्रै बैज्ञानिक पद्धति सिकेको बताइन ।

राप्ती नगरपालिका वडा नं ४ का कुमार पाठक व्यवसायी, सहकारीकर्मि हुन । उनी त्यो भन्दा बढी कृषक भनेर आफुलाइ चिनाउछन । नियमित आम्दानी हुने र जोखिम कम हुने भएपछि गाइ पालनमा उनको रुचि बढेको हो ।

बैशाख १२ देखि सुरु भएको ३ दिने स्थलगत व्यवसायीक गाईभैसी तालिममा नगरका व्यवसायीक कृषकहरुको सहभागिता रह्यो । माथिका दुइ पात्र प्रतिनिधि पात्र हुन । गाइभैसी पालन गरेर जिवन चलाइ रहेका किसानलाइ बैज्ञानिक पद्धतीको बिषयमा तालिम दिइएको आयोजक पशु सेवा तालिम केन्द्र लगनखेल ललितपुरले जनाएको छ ।

तालिममा गाइभैसीको महत्व,प्राकृतिक र कृत्रिम जातको गर्भाधान,पशु छनोट,दुधालू गाइर्भसी छनोट,आहारको बिषयमा कक्षा ,युरिया मलासेस मिनरल व्लक बनाउन सिकाइ ,सुत्केरी पशुको स्याहार ,थुनेला भएमा के गर्ने, पहिचान गर्ने,स्वास्थ्य व्यवस्थापन, स्वस्थ पशु कसरी राख्ने,
असल पशुपालन अभ्यासको बिषय तालिम सञ्चालन भएको तालिमका संयोजक सन्तोष परियारले बताए ।

राप्तीका किसानलाइ यस किसिमको तालिम आवश्यक थियो, पशु सेवा केन्द्र लगनखेलले प्रभावकारि तालिम दिएको प्रमुख प्रशासकिय अधिकृत शैलेन्द्र भण्डारीले बताए । उनका अनुसार गाइैभैसी पाल्ने किसानहरुलाइ तालिमले राहत मात्र दिएका छैन कि तालिमको माध्यम वाट असल किसान कसरी हुने भन्ने बिषयमा सहजीकरण समेत गरेको छ ।

राप्ती नगर प्रमुख शमशेर लामाका अनुसार राप्तीका किसानहरुको प्रभावकारिताको सहयो गर्ने बताए । व्यवसायिक गाइभैसी पालन र यसको व्यवस्थापनमा सहयोग गर्ने उनले बताए । हामीले यसअघि पनि प्रारम्भिक तालिम सञ्चालन गरेका छौ, यसले अझ प्रभावकारी भुमिका खेलेको उनले बताए ।

३० जना कृषक सहभागि रहेका तालिममा प्रशिक्षक केन्द्रका निमित्त बरिष्ठ तालिम अधिकृत बाशुदेव नाथ, पशु सेवा कार्यालय चितवन पशु चिकित्सक डा बव्लु ठाकुर, मस्य विकास केन्द्र भण्डाराका अधिकृत डा गणेश अधिकारी पशु शाखा राप्ती नगरपालिकाका निमित्त शाखा प्रमुख हरिकृष्ण ढकालले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार