नेपाल ग्यास उद्योग (गण्डकी).प्रा.ली.अयोग्य ग्यास सिलिण्डर नष्ट अभियान शुरु

spot_img

नेपाल ग्यास उद्योग (गण्डकी).प्रा.ली.अयोग्य ग्यास सिलिण्डर नष्ट अभियान शुरु

राप्ती । खैरहनी ९ खुरखुरेमा रहेको नेपाल ग्यास उद्योग (गण्डकी )ले खाना पकाउने ग्यासका अयोग्य सिलिण्डर नष्ट अभियान आइतवार वाट शुरू गरेको छ । उद्योगले ३१३ वटा अयोग्य सिलिण्डर नष्ट गर्न लागेको उद्योगका कार्यालय प्रमुख जिवन छत्कुलीले जानकारी दिए ।

पुरानो तथा प्रयोग गर्न नमिल्ने सिलिण्डरहरुको ‘हाइड्रोस्ट्याटिक टेष्ट’ गरी उपभोक्ताहरूको सुरक्षालाई ध्यान दिँदै प्रयोग गर्न नमिल्ने सिलिण्डर छनौट गरी नष्ट गर्ने कार्यलाई निरन्तरता दिइएको उनले बताए । आइतवारबाट शुरु भएको सिलिण्डर नष्ट कार्यक्रममा खैरेनी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष बन्धु चौधरी लगायत विक्रेता प्रतिनिधिहरू अजय पाण्डे,नरेन्द्र पाठक साथै स्थानीय समाजसेवी दिनेश सेडाई अगुवा तथा राजनैतिकदलका प्रतिनिधिको सहभागिता रहेको थियो ।
ग्यास भर्ने बेलामा सामान्य जाँच भइरहे पनि सिलिण्डर नयाँ १० वर्षमा र त्यसपछि हरेक ५ वर्षमा ‘हाइड्रोलिक प्रेसर’ लगायत जाँच गर्नुपर्ने हुन्छ। ‘जाँच गर्दा बाङगो भएमा, लिक भएमा, मुनि तिरको वा माथितिरको गोलो (रिंग) बिग्रे भत्केमा, खिया धेरै लागेपछि वा तौल १० प्रतिशत घटेको भेंटिएमा सिलिण्डर अयोग्य ठहरिन्छ,’ उनले भने, ‘मापदण्ड अनुसार पनि त्यसता सिलिण्डरमा ग्यास भर्न नमिल्ने भएकोले त्यसलाई नष्ट गनुपर्ने हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार