राप्तीमा आयो कृषि एम्वुलेन्स

spot_img

राप्ती । एम्वुलेन्सले बिमारी मान्छे ओर्साछ भन्ने सवैलाइ थाहा छ तर राप्ती नगरपालिकाले भर्खरै सञ्चालनमा ल्याएको कृषि एम्वुलेन्सले किसानका कृषि उत्पादन ओसार पोसार गर्छ । सोमवार देखि राप्ती नगरपालिकाले कृषकहरुको सहजताको लागी कृषि एम्वुलेन्स सेवा सुरु गरेको हो । किसानले उत्पादन गरेका कृषि सामाग्रिको बजारीकरणको लागीको यो सेवा सुरु भएको राप्तीका नगर प्रमुख शमशेर लामाले बताए । उनका अनुसार राप्तीको पहाडी क्षेत्रमा कृषि उम्वुलेन्स प्रभावकारि हुने प्रमुख लामाको विश्वास रहेको छ । पालिकाले कृषकहरुले उत्पादन गरेको कृषि उपजलाई बजार सम्म पु¥याउने उद्देश्यका साथ कृषि एम्बुलेन्स(गाडी) सुरु गरेको हो । कृषकलाई खेतीप्रति आर्कषित गराउन, उत्पादनलाइ बजारीकरणको लागी न्युनतम शुल्क लिएर ढुवानी गरिने प्रमुख लामाले बताए । एम्बुलेन्सले पालिका क्षेत्रमा उत्पादित कृषि उपजहरु जिल्ला भित्र तथा बाहिर लैजानलाइ समेत मद्दत गर्दछ ।
विभिन्न वडामा उत्पादन भएका तरकारी अन्य वालीलाइ भण्डारा सम्म ल्याउने वा वाहिर पठाउन एम्वुलेन्सले सहज ढुनावी सेवा दिनेछ । नगर प्रमुख लामाका अनुसार पुर्व कृषिमन्त्री बेदुराम भुसालको पहलमा कृषि एम्वुलेन्स ल्याउन सफल भएका हौ । किसानहरुको समस्या लाइ कसरी समाधभान गर्न सकिन्छ भनेर संघिय सरकारलाइ नगर प्रमुख लामाले ६ महिना अघि छलफल गरेका थिए । पुर्व कृषिमन्त्री भुसालले पहाडी क्षेत्रमा कृषि एम्वुलेन्सको प्रभावकारीता छ भने सहयोग गर्ने बचन दिनुभएको थियो । हामीले अध्ययन गरौ र किसानहरुको माग पनि रहेको हुदा अहिले राप्तीको वडा वडामा कृषि एम्वुलेन्सले सेवा दिने भएको छ, प्रमुख लामाले भने,

के गर्छ एम्बुलेन्सले

एम्बुलेन्सले बिरामी ओसारपसार गर्ने सेवा दिए जस्तै ’कृषि एम्बुलेन्स’ले किसानले उत्पादन गरेका वस्तु घरघर पुगेर सङ्कलन गरी बजारसम्म पु¥याउन सहयोग गर्छ ।
नगरपालिकाको स्थानीय कृषि उपज बजार व्यवस्थापन गर्नलाइ मद्दत गर्छ । “मानिस बिरामी हुँदा अस्पताल पु¥याए जसरी किसानका उत्पादनलाई प्राथमिकता दिएर बजारसम्म पु¥याउन कृषि एम्वुलेन्सले काम गर्छ । यसबाट किसानहरूको उत्पादन सुरक्षित अनि बजार सम्म हुने हुदा लाभान्वित हुने प्रमुख प्रशासकिय अधिकृत शैलेन्द्र भण्डारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार