चितवनमा एकिकृत समाजवादीको जिल्ला अधिवेशन तयारी तिब्र

spot_img

चितवन । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको जिल्ला अधिवेशन आगामी १९ र २० गते गर्ने निर्णय भएको छ ।

आज पार्टी कार्यालयमा चितवनमा बसेको १० औं जिल्ला कमिटी बैठकले यहि वैशाख १९ र २० गते अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनको खुला सत्रमा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई सहभागी हुन अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।

अधिवेशन सम्पन्न गर्न चितवनका अध्यक्ष अरुण पिडित भण्डारीको संयोजकत्वमा ३ सय १ विभिन्न सदस्यीय व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन् ।

मूल आयोजक कमिटीमा अरुण पिडित भण्डारीको संयोजकत्वमा ३०१ समिती बनाईएको छ भने, प्रतिवेदन लेखन उप–समितीमा अध्यक्षकै संयोजकत्वमा ७ सदस्य बनाईएको छ ।
त्यस्तै प्रतिनिधी चयन उप–समिती संयोजकमा जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपानेको संयोजकत्वमा ७ समिती बनेको छ । विभिन्न उप–समिती बनाउने क्रममा आर्थिक उप–समितीको संयोजकमा राजु श्रेष्ठ, प्रचार प्रसार उप–समितीको संयोजकमा विष्णुराज महतो, खाद्य व्यवस्थापन उप–समितीको संयोजकमा नरेन्द्रकु्मार कन्दङवा, स्वागत सत्कार उप–समितीको संयोजकमा कल्पना सापकोटा, मञ्च व्यवस्थापन उप–समितीको संयोजकमा केशव पोखरेल र स्वंम सेवक उप–समितीको संयोजकमा गंगालाल लामालगायत सम्पुर्ण उप–समितीमा ७ सदस्य रहने गरि निर्णय भएको हो ।

गत चैत्र मसान्त सम्म नवीकरण भएका करिब २५०० संगठित सदस्यहरुबाट चयन गरेर करिव ४०० जनालाई जिल्ला अधिवेशन प्रतिनिधिका रुपमा सहभागी गराइने कार्यक्रमका का.वा.अध्यक्ष कृष्णराज न्यौपानेले जानकारी दिनुभयो । उक्त वैठकमा केन्द्रिय सदस्य देखि प्रदेश र जिल्लाका विशिष्ठ व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार