राप्तीले चिउरी चमेरो संरक्षण कार्यक्रम गर्ने

spot_img

चितवन । बागमती प्रदेश सरकारको चेपाङ समुदायको उत्थानका लागि चिउरी चमेरो संरक्षण कार्यक्रम सञ्चालन सम्बन्धी निर्देशिका २०८० अनुसार चितवनको राप्ती नगरपालिकाले चिउरी र चमेरो संरक्षण कार्यक्रम गर्ने भएको छ । चिउरी तथा चमेरोको पारिस्थितिक चक्रका विभिन्न चरणमा प्रदेश सरकार, स्थानीय तह र समुदायको सहभागितामा ऊक्त कार्यक्रम संचालन गर्न प्रदेश सरकारले ६ वटा स्थानीय तह छनोट गरेको छ । जसमा चितवनको राप्ती नगरपालिका संगै कालिका नगरपालिका र इच्छाकामना गाउपालिका समेत परेका छन ।
राप्तीको पहाडी क्षेत्रमा चेपाङ बसोवास गर्छन । यसका अलवा तलका केहि वडामा समेत चेपाङ समुदायको वाक्लो उपस्थिती रहन्छ । बागमती प्रदेश वाट अहिले ७ लाख ७५ परेको छ त्यहि सम्झौता भएको हो कार्य वहान नगर प्रमुख सुमिता डल्लाकोटीले बताइन । यो कार्यक्रम क्रमागतमा हुनेहुँदा अर्को वर्ष अर्को बजेट पर्ने कार्यवहाक नगर प्रमुख डल्लाकोटीले बताइन । यो सम्झौताले नगरका चेपाङ समुदायको उत्थानमा सहयोग पुग्ने प्रमुख प्रशासकिय अधिकृत शैलेन्द्र भण्डारीले बताए । बागमती प्रदेशसले यो पहिलो वर्ष चेपाङ र चिउरीको बाक्लो उपस्थिति रहेका मकवानपुर ,चितवन धादिङको पालिकाहरुमा यो कार्यक्रम गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार