राप्ती उपप्रमुख द्धारा सर्वदलिय बैठक आव्हान – नगर प्रमुखको धारणा लिन समिति निर्माण-समाजवादी बैठकमा गएन

spot_img

राप्ती । राप्तीमा लागेको तालावन्दिको बिषयमा बुधवार सर्वदलिय बैठक बसेको छ । राप्ती नगर उपप्रमुख देवेन्द्र लामाले सर्वदलिय बैठक आव्हान गरेका हुन । राप्तीमा गएको फाल्गुन ९ गते, नगर प्रमुखले कार्यपालिका बैठक, हिउँदे नगर सभा आव्हान नगरेको भन्दै एमाले र काग्रेस निकट जनप्रतिनिधिले तालावन्दि गरेका हुन । नगर प्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा र प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपानेको कार्यकक्षमा तालावन्दि लागेको हो । नगर उपप्रमुख लामाले आफुले प्रमुख लामालाइ लिखित रुपमा तालावन्दिको निकास खोज्न आग्रह गरेको तर सुनुवाइ नभएको भन्दै सर्वदलिय बैठक आव्हान गरेको बताए । बैठकमा पाँच दलको सहभागिता रहेको थियो ।बैठकमा नेकपा एकिकृत समाजवादी पार्टीले आफ्नो प्रतिनिधि पठाएन । बैठकमा किन सहभागि नहुनु भएको भन्ने बिशाल न्युजको प्रश्नमा नगर अध्यक्ष आर के पंडितले आफै ताला लगाउने आफै खोलुम भन्दै बैठक राख्नुको कुनै अर्थ नरहेको र ताला खोलेपछि मात्र थप छलफल हुने बताए । पंडिले अहिले नगरवासीलाइ दुख दिने नियतले आफै ताला लगाउने अनि सहजिकरण गर्न खोज्नु मुर्खता भएको बताए । आन्तारिक द्धन्द आफै मिलाएर जनप्रतिनिधि अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । बैठकले तत्कालै नगर प्रमु्खसंग ताला खोल्ने बिषयमा छलफल गर्ने गरी सहजीकरण समिति बनाएको छ । पाँच दलको तर्फ वाट एक एक प्रतिनिधि राखेर समिती बनाइएको उपप्रमुख लामाले बताए । समितीमा नेपाली काग्रेसका तर्फ वाट किरणभुषण ओली नेकपा एमालेको तर्फ वाट नगर अध्यक्ष पुर्ण बहादुर थापा, माओवादी केन्द्र वाट नगर अध्यक्ष रामचन्द्र पाठक , रा स्व पा नगर सभापति तिलक कार्कि ,रा प्र पा नगर अध्यक्ष गोपाल पाण्डे रहेका छन । यी पाँच जनाको समितीले नगर प्रमुखलाइ अहिलेको अवस्थाको बिषयमा छलफल सहित नगर प्रमुखको धारणा लिने र सहजीकरण गर्ने गरी वार्ता गर्ने उपप्रमुख लामाले बताए ।
नेपाली काग्रेसका तर्फ वाट किरणभुषण ओली,गणेश मल्ल, रामेश्वरसिं ओली र ओम डल्लाकोटी, नेकपा एमालेको तर्फ वाट एमाले केन्द्रिय सदस्य प्रभा बराल, पुर्व उपप्रमुख इमानसिं लामा, नगर अध्यक्ष पुर्ण बहादुर थापा, माओवादी केन्द्र वाट नगर अध्यक्ष रामचन्द्र पाठक , रा स्व पा नगर सभापति तिलक कार्कि , वडा नं ८ का सभापति हरिहर कोइराला, ७ की सभापति पुनम गुरुङ, प्रदिप श्रेष्ठ र रा प्र पा नगर अध्यक्ष गोपाल पाण्डे र शिवराज धरेलले सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार