राप्तीमा करिब १८ हजारलाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदै

spot_img

रत्ननगर । पूर्वी चितवनको राप्ती नगरपालिकाका करिब १८ हजार बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइँदै छ ।
फागुन २० गते देखि चैत १ गते सम्म नौं महिनादेखि १५ वर्ष मुनिका १७ हजार ६१८ जना बालबालिकालाई खोप लगाइने सो नगरको स्वास्थ्य शाखा उपप्रमुख राममणि सिलवालले जानकारी दिए । शुक्रबार नगरपालिको सभाहलमा दादुरा रुवेला खोपको महत्व र तयारीको विषयमा सरोकारबाला बीच अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
सो कार्यक्रममा राप्तीका बालबालिकालाई खोप लगाउन ९४ वटा खोप केन्द्र, १२५ जना स्वास्थ्यकर्मी र २१० जना स्वयंसेवक परिचालन गरिने स्वास्थ्य शाखाका उपप्रमुख सिलवालले जानकारी दिए । कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका अधिकृत चुडामणि भण्डारीले दादुरा रुवेला विरुद्धको खोपको महत्वको बारेमा जानकारी गराएका थिए । भण्डरा अस्पतालमा मेसु डा. विनोद रिजालले खोपको अनिवार्यता र खोपले गर्ने तत्कालको असर र त्यसको न्यूनीकरणको बारेमा प्रकाश पारेका थिए ।
राप्तीका मेयर तथा नगर स्तरीय खोप समन्वय समितिका संयोजक शमशेर लामाले कुनैपनि बालबालिका खोपबाट बन्चित नहुने गरि दादुरा रुबेला विरुद्धको खोप अभियान अगाडि बढाउन निर्देशन दिए । कार्यक्रममा वडाध्यक्ष सुमिता डल्लाकोटी लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका, शिक्षक,कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मेयर लामाको अधयक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार