राप्ती २ मा ढलान वाटो उद्घाटन

राप्ती, ११ फाल्गुन । चितवनको राप्ती नगरपालिका वडा नं २ को वनदेबि टोल अन्तर्गतको खरेल मार्गमा निर्माण गरिएको ढलान वाटो शुक्रवार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। वडा तथा स्थानीय उपभोक्ताको संयुक्त लगानीमा १६ लाख रुपैयाँ लागतमा निर्माण भएको १२२ मिटर ढलान वाटोको राप्ती नगरपालिका वडा नं २ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेतीले उद्घाटन गरे ।

बाटो उद्घाटन समारोहमा बोल्दै उप्रेतीले उपभोक्ता समितिको सक्रियता र मेहनतको कारणले छोटो समयमै गुणस्तरीय काम हुन सकेको बताए । वडा कार्यालय द्वारा बिनियोजित रकम बाट निर्माण हुनुपर्ने ११ वटा योजना मध्ये ९ वटा निर्माण सम्पन्न भै सकेको र बाकी पनि यथासिघ्र सम्पन्न हुने उनको भनाइ थियो । उपभोक्ता समितिहरुको तदारुकता देखेर वडामा नगरपालिकालाई पनि थप लगानी गर्न प्रोत्साहन मिल्ने उनको दावी थियो ।

निर्माण समितिका अध्यक्ष सिताराम मोक्तानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्यहरु एक बहादुर ल्वागुन, मनमाया डिम्डुङ्ग, कमल रुवाली लगायतको उपस्थिति थियो भने कार्यक्रमको संचालन दुर्गा बहादुर सारुले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार