ब्रम्हनगर मावीको वार्षिकोत्सबको अवसरमा खुल्ला रक्तदान

राप्ती, फाल्गुन ७ । चितवनको राप्ती ८ मा रहेको ब्रम्हनगर माध्यमिक बिद्यालयमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयको ६० औ वार्षिकोत्सब तथा अभिभाव दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम राप्ती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुर्ण प्रसाद आचार्यको समुपस्थितीमा भएको थियो । प्रमुख अतिथि आचार्यले रक्तदान पुण्यको काम भएकोले रक्तदान गर्नको लागि समुदाय स्तरमै प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।

दिपक अधिकारीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा राप्ती नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सिताराम तामाङ, वडा नम्बर ८ का वडा सदस्य भक्त सुनार, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मञ्जु गौतम, प्रधानाध्यापक बिष्णुहरि कंडेल, बिद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष टंक ढकाल, टोल बिकास संस्था ब्रम्हनगरका अध्यक्ष किरण ढकाल, नेपाल रेडक्रस सोसाइटी बिरेन्द्रनगर शाखाका रक्तसंचार संयोजक प्रेमनाथ सेढाई लगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा २० जना महिला सहित ६३ जनाले रक्तदान गरेको थियो । साथै कार्यक्रम सफल बनाउन देवि सापकोटाले प्रमाणपत्र छपाइ, रामजी डल्लाकोटीले खाजा नास्ता, भगवती दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध र फणीन्द्र सापकोटाले दस हजार नगद सहयोग गरेको कार्यक्रम संयोजक अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार