राप्ती ४ मा बृहत स्वास्थ्य शिविर सम्पन्न, ६८० जनाको स्वास्थ्य जाँच

राप्ती । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ मा बृहत स्वास्थ्य सिविर सम्पन्न भएको छ । सिविरमा आँखा , नाक कान घाटी, जनरल फिजिसियन र दाँत सम्बन्धी निशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।

राप्ती ४ मा रहेको शिखर हरियाली सामुदायिक वन उपभोक्ता समुह, लायन्स क्लब अफ काठमाडौ र फ्युचर स्टार किवानिज क्लब अफ पिस नेपाल द्वारा आयोजित स्वास्थ्य सिविरमा ६८० जनाले स्वास्थ्य जाँच गराएका थिए । कलेज अफ मेडिकल साइन्सेस सिएमएसका डा सन्तोष अधिकारीको नेतृत्वमा ११ जना स्वास्थ्यकर्मीको टाेली, ससस्त्र प्रहरी बल नेपाल, नम्बर ३ गढिमाइ बाहिनी फिल्ड अस्पतालका प्रा स प्रनी डा सुदिप रेग्मी को नेतृत्वमा ९ जनाको टाेली, भरतपुर आँखा अस्पतालका बिमल कालाखेतीको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीको टाेली र भण्डारा अस्पतालका स्वास्थ्यकर्मीको संयुक्त टाेलीद्वारा सिविरमा आएका बिरामिहरुको स्वास्थ्य जाँच गरिएको किवानिज क्लब अफ पिस नेपालका सस्थापक अध्यक्ष उद्दब डल्लाकोटीले बताए ।

सिविरमा १ हजार थान मध्ये ४ सय थान चस्मा र आइडियल फर्मास्युटिकल र फार्मेस्क ग्रुप अफ कम्पनी द्वारा निशुल्क उपलब्ध गराइएको करिव ३ लाख बराबरको औषधि बितरण गरिएको संस्थापक अध्यक्ष डल्लाकोटीले जानकारी दिए ।

शिविर शुभारम्भ पुर्व एक औपचारिक कार्यक्रम गरिएको थियो । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा वडा ७ की अध्यक्ष सुमिता डल्लाकोटी, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा सार्क फेडेरेसन अफ अन्कोलोजिस्ट प्रा डा राजेन्द्र बराल, लायन्स क्लब अफ लालबन्दी का पुर्व अध्यक्ष तिर्थ पराजुली, लायन्स क्लब अफ काठमाडौ फ्युचर स्टारका अध्यक्ष राजेन्द्र प्रसाद डल्लाकोटी लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

शिविरमा कुल ६८० जनाले स्वास्थ्य जाँच गराएका थिए । जसमध्ये ११९ जनाले दाँत, १९३ जनाले नाक कान घाटी, ४७ जनाले जनरल मेडिसिन र ३२९ जनाले आँखा उपचार गराएको शिखर हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष अनिल बर्तौलाले जानकारी दिए । जसमध्ये २५ जनाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने दिखिएको उनले बताए ।

कार्यक्रम आयोजनाको उद्देश्य बारे प्रकाश पार्दै शिखर हरियाली सामुदायिक वन समुहका अध्यक्ष गिरिराज पाठकले वन समितिले समुहका सदस्यहरुलाइ काठ, दाउरा इत्यादि आवश्यकताको आधारमा वितरण गरिरहेको भएपनी सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य सिविर राखिएको बताए । ‘ समयसगै सामुदायिक सस्थाहरुको काम गर्ने शैलि परिवर्तन हुन आवस्यक छ । त्यसैले आफ्ना सदस्यहरुलाइ जे आवश्यक छ त्यही दिएका छौ ‘ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार