वीरेन्द्र आदर्शको ५८औ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

वीरेन्द्रनगर, चितवन । चितवनको राप्ती ७ मा रहेको वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको ५८औ वार्षिकोत्सब तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । रास्ट्रीय सभाका अध्यक्ष गणेश तिमल्सिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य तथा नेकपा एमाले संसदिय दलका नेता जगन्नाथ थपलिया, राप्ती नगरपालिका वडा नम्बर ७ कि वडा अध्यक्ष सुमिता डल्लाकोटी, राप्ती ८ का वडा अध्यक्ष पुर्ण प्रसाद आचार्य, राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपाने, नेकपा एमालेका जिल्ला अध्यक्ष राम प्रसाद न्यौपाने, पुर्व प्रअ केशव बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रामचन्द्र पाठक, राप्रपाका नगर अध्यक्ष गोपाल पाण्डे लगायत विभिन्न संघ सस्था तथा राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा विद्यार्थीहरुले निर्माण गरेको
विज्ञान प्रदर्शनी गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तिमल्सिनाले लामो इतिहास बोकेको बिद्यालयको शैक्षिक गुणस्तर पनि राम्रो हुनेपर्ने बताउनुभयो । त्यस्तै अर्का वक्ता राप्ती नगरपालिका वडा नम्बर ७ कि वडा अध्यक्ष सुमिता डल्लाकोटीले लामो समय देखि बिद्यालयले पर्खाल लगायत भौतिक संरचना निर्माण गर्न नसकिरहेको अवस्थामा प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बिक्रम सम्बत २०२३ सालमा स्वर्गीय प्रेमबहादुर रानामगरको पहलमा स्थापित सो बिद्यालय २७ बिगाहा क्षेत्रफलमा फैलिएको थियो । तर हाल विद्यालयको नाममा करिब १८ विगाह जमिन मात्रै छ ।विद्यालयका पूर्वप्रधानाध्यापक केशवबहादुर श्रेष्ठका अनुसार विद्यालयले भौतिक संरचना निर्माणसहित विद्यालय सञ्चालनको लागि केही जग्गा बिक्री गरेको हो । वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहकै बिचमा विद्यालय परिसरमा निर्मित संस्थापक स्वर्गीय प्रेमबहादुर रानामगरको शालिक समेत अनावरण गरिएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम कँडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार