संस्कृति संरक्षणमा स्थानीय सरकार सकरात्मक : मेयर लामा

रत्ननगर । राप्ती नगरपालिकाका मेयर शमशेर लामाले परम्परागत पहिचान झल्किने संस्कृति संरक्षणको लागि स्थानीय सरकार सकरात्मक रहेको बताएका छन् । राप्ती नगरपालिका वडा नं ७ मा रहेको प्रेम पद्मा मगर गुठिष्टामा माघ १९ गते आयोजना गरिएको जनतासंग मेयर कार्यक्रममा उनले विभिन्न जातजातीका परम्परागत संस्कृति नगरको सम्पती भएकाले यसलाई जोगाउन राप्ती नगरपालिकाले सहयोग गर्ने बताए । कार्यक्रममा सहभागी मगर समुदायका अगुवाहरुले गुठीको भौतिक संरचना निर्माण र मगर समुदायको भाषा र संस्कृति संरक्षणको लागि मेयरलाई आग्रह गरेका थिए । स्थानीय रुकु राना मगर, मनकुमारी रुचाल मगर, नारायण सिं थापा मगर गुठीको भौतिक संरचना र मगर समुदायको भाषा र संस्कृति संरक्षणका लागि मेयर लामालाई आग्रह गरेका थिए । कार्यक्रममा राप्ती ७ की अध्यक्ष सुमिता डल्लाकोटीले राप्ती वडा नं ७ को विकासमा वडागत बजेटको अलवाल नगरपालिकाले समेत विशेष रुपमा सहयोग गर्दै आएको बताइन् । राप्तीको सम्रग विश्वासमा जनताको साथ आवश्यक रहेको भन्दै उनले मगर समुदायको कुलदेवता पुज्ने जलदेवी मन्दिर व्यवस्थित गर्ने प्रतिवद्धता जनाइन् । मेयर लामाले मगरको समुदायसंगै जातजातीको भाषा र ऐन नगर सभाले निर्णय गरेर पास गरिसकेको भन्दै अव आउने बजेटमा गुठिको भवन निर्माण गर्ने प्रतिवद्धता जनाए । नगरभरीका सवै मगर एक भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । राप्ती नगरपालिकाको लागी नेपाल व्यूटि प्याराडाइज प्रा.लिको समन्वयमा जनतासंग मेयर कार्यक्रम सुरु भएको हो । राप्तीकै १३ वटा वडाका ३५ टोल र समुदायमा मेयर शमशेर लामाको उपस्थितीमा जनताका् गुनासो सुन्ने कार्यक्रम हुनेछ । यो दोस्रो सस्करण हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार